फिफाको अध्यक्षमा जियानी ईनफ्यान्टिनो फेरि निर्वाचित

खेल नेपाल समाचार विश्व समाचार

शेयर गर्नु होस ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा जियानी ईनफ्यान्टिनो फेरि निर्वाचित भएका छन् ।

फ्रान्सको राजधानी पेरिसमा बुधबार सम्पन्न फिफाको साधारण सभाले जियानीलाई दोस्रो कार्यकालका लागि सन् २०२३ सम्म चयन गरेको थियो ।

अखिल नेपाल फुटबल संघ एन्फाबाट फिफाको साधारणसभामा सहभागी अध्यक्ष कर्मा छिरिङ्ग लगायतको टोलीले नव निर्वाचित फिफा अध्यक्ष जियानीलाई ढाका टोपी लगाईदिएर सम्मान गरेका थिए ।