फोर्ब्सको २० प्रभावशाली मानिसको सूचिमा कन्हैया कुमार

विश्व समाचार

काठमाडौं, २२ पुस । विश्वको प्रतिष्ठित फोर्ब्स म्यागाजिनले यो वर्षको शक्तिशाली व्यक्तिमा कन्हैया कुमारको नाम पनि समावेश गरेको छ । कन्हैयासँगै विहारका अर्का युवा प्रशान्त किशोर पनि यो सूचिमा अटाएका छन् ।

कन्हैया जेएनयू विश्वविद्यालयका छात्र संघका पूर्व अध्यक्ष हुन् । राजनीतिक रणनीतिकारका रुपमा चिनिने प्रशान्त किशोरले भारतीय जनता पार्टी, नरेन्द्र मोदी र नितिश कुमारको सफल चुनावी रणनीति बनाउने कामको नेतृत्व गरिसकेका छन् ।

यी दुवै युवालाई फोर्ब्सले आगामी दशकको चर्चित अनुहारको रुपमा चित्रित गरेको छ । यो सूचिमा श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षे, साउदी अरबका युवराज मोहम्मद बिन सलमान, न्यूजिल्याण्डका प्रधानमन्त्री जेसिन्डा अर्डन, पर्यावरण कार्यकर्ता ग्रेटा थनबर्ग, फिनल्याण्डका नयाँ प्रधानमन्त्री सना मारिन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसन पनि अटाएका छन् ।