बलात्कार गर्न पनि लायक छैनौ

विविध विश्व समाचार

शेयर गर्नु होस ।

annapurna post

एम्मा ब्रोक्स

०१७ अक्टोबर। तरना बुर्के, ४५, का आँखा ट्विटर हेर्दाहेर्दै असामान्य प्रक्रियामा ठोक्किन्छन्। उनका पाँच सय फलोअर्स छन्। भन्नै परेन, सामाजिक सञ्जाल उति चलाउँदिनन्। यौन हिंसाबाट गुज्रेकाहरूसँग उनी बढी सम्बन्धित छ। कालो वर्णका युवतीले भोगेका यौन हिंसा सार्वजनिक हुँदैनथे। 

१२ वर्षअघि उनले अभियन्ताहरूको सानो समूहका रूपमा मीटूको जग हालेकी थिइन्। बुर्केले सपनामा पनि यो कामको स्वरूप कसैको गाडीको बम्परमा स्टिकरका रूपमा 
आउला भन्ने ठानेकी थिइनन्। अझ, यौन हिंसाबाट बचेकाहरूको सांकेतिक प्रतीकका रूपमा पुनर्जन्म होला भन्ने त टाढाको कुरा भयो। मीटू लामो समय गुमनाम थियो। आपूmले गर्ने जस्ता काम अँध्यारो छायाँमा मात्र सही तरिकाले गर्न सकिन्छ भन्ने उनको बुझाइ थियो। 
उनलाई त्यस दिन ट्विटरमा देखेको कुरा अपत्यारिलो लाग्यो। न्युयोर्क टाइम्सले हार्वे वेनस्टेनलाई यौन हिंसाको विभिन्न अभियोगमा उदांगो पारिरहेको थियो। अझ, ट्विटरमा मीटूको ह्यासट्यागसहित थुप्रै महिलाहरूले आप्mनो कथा उजागर गर्न सुरु गरेका थिए। 

अभिनेता एलिसा मिलानोले दुई शब्द जोडिएर बनेको मीटू नै प्रयोग गर्छिन् भन्ने बुर्केले नसोचेको कुरा थियो। यी शब्द कहाँका हुन् भन्ने थाहै नपाई मिलानोले यौन पीडाबाट बचेकाहरूलाई प्रयोग गर्न उत्साहित गरिरहेकी थिइन्। न त उनलाई, आउने हप्ताहरूमा मीटूको ह्यासट्याग १२ मिलियन पटकभन्दा बढी प्रयोग हुन्छ भन्ने नै थाहा थियो। र, असाधारण तरिकाले पीडा व्यक्त हुन्छ अनि मुठ्ठीभरका हाइप्रोफाइल पुरुषहरूको जागिर जान्छ भन्ने नै पत्तो थियो। 
त्यस रात बुर्केलाई यो नारा कसैले प्रयोग गरिरहेको छ र यो ठीक होइन भन्ने मात्र थाहा थियो। उनी हाँस्दै भन्छिन्, ‘मलाई लाग्थ्यो सामाजिक सञ्जाल सुरक्षित स्थान होइन, यसले ठूलो विपद् निम्त्याउनेछ ।’

बुर्के र म गल्र्स फर जेन्डर इक्विटीको कार्यालयमा छौं। यो ब्रुकलिन सहरमा छ। यसकै वरिष्ठ निर्देशक हुन्, बुर्के। 
‘बधाई छ तरना !’ उनको कार्यालयको ढोकामा टाँगिएको हातैले बनाइएको पोस्टरमा लेखिएको छ, सँगै टाइम म्यागेजिनको ‘साइलेन्स बे्रकर्स’ लेखिएको २०१७ वर्ष व्यक्तिको फोटोकपी पनि सँगै छ। ‘साइलेन्स ब्रेकर्स’मा इसाबेल पास्कल, अडमा इवु, एसले जुड, सुसान फाउलर, टेलर स्विफ्ट र एक अनाम अस्पतालकर्मी समेटिएका छन्। बुर्केलाई भने केन्द्रमा राखिएको छ। 
बुर्के भर्खर लस एन्जेल्समा मिचेल विलियम्ससँगै गोल्डेन ग्लोबमा भाग लिएर फर्किएकी थिइन्। उनले लन्च बक्समा भएको खाना खाँदै फोनमा आँखा दौडाइरहेकी थिइन्। यो उनी र उनको संस्था दुवैका लागि एकदम व्यस्त समय हो। भन्छिन्, ‘विश्वलाई म नियमित जागिरे पनि हो भन्ने थाहै थिएन !’ 

गोल्डेन ग्लोबमा सहभागी हुने विचार चुनौतीपूर्ण थियो। जब मिचेलीले मलाई भनिन्, ‘म तिमीलाई गोल्डेन ग्लोबमा लैजान उत्सुक छु ।’ मैले भनँे, ‘म झन् तिमीहरूको कामलाई संस्थागत गर्न प्रयोग हुने पिठु (चेसको सिपाइ जस्तो) मात्र नहुने कोसिसमा छु, जबकि तपाईंहरू आप्mनो कामलाई मान्य बनाउन मलाई नै आवश्यक ठान्नुहुन्छ ।’

 मिचेली सोचमग्न भएर भन्छिन्, ‘म त्यस रूपमा मात्र प्रयोग गर्न चाहन्नँ ।’ त्यसपछि हामी महिला अभियन्ता रेड कार्पेटमा सँगै हिड्ने भयौं। देश र देशको सीमाभन्दा बाहिरका सबै नश्ल, वर्ग र फरकफरक मुद्दामा काम गर्ने निडर महिलाहरू चिन्थे। मैले सोचँे, यदि हाम्रो विषयका लागि रेड कार्पेटलाई उपयोग गर्न सकियो भने कस्तो होला ? अन्त्यमा हामी आठ जना अभियन्ता रेड कार्पेटमा हिड्ने भयौं। कसरी महिलाहरू ऐतिहासिक रूपमा नै एकअर्काको समर्थनमा उत्रेका थिए भनेर यसले संकेत गर्छ ।

सामाजिक सञ्जालभित्र पसेपछि उनी आप्mनाविरुद्घ बनाएका अनेक ट्रोल देखेर मुस्कुराउँछिन्। ट्रोलमा के भन्छन् ? भन्छिन्, ‘तिमी यति कुरूप छौ कि बलात्कार गर्न पनि लायक छैनौ।’


बुर्केले प्रयोग गरेको शब्द ‘सुरक्षित स्थान’ले तपाईंलाई चिढ्याइसकेको हुन सक्ने सम्भावना छ। यो शब्द ‘बलात्कार संस्कृति’जस्तै हो। यो शब्द अमैत्रीपूर्ण विचारधाराका केही मानिसका लागि हो। यसले तपाईंको विचारधारा पनि जाँच्न सक्छ। लि मन्डो (फ्रान्सको दैनिक पत्रिकामा) क्याथरिन डिन्युवले अधिनायकवादका रूपमा मीटू आन्दोलनलाई अस्वीकार गर्दै लेखिन्।

त्यस्तै आसयको रूखो लेख न्युयोर्क टाइम्समा पनि प्रकाशित भयो, जसमा मीटू आन्दोलनले महिलाहरूलाई ‘भिक्टोरियन हाउसवाइफ’को स्तरमा खुम्च्याउँछ भनियो। आलेखमा कसैले पनि भावनात्मक रूपमा कमजोर भनेर चित्रण त गरेनन्। तर भनियो, मीटू यस्तो मानिसहरूले चाहेका छन् जसले किताब प्रतिबन्ध लगाउनुपर्छ र कला संग्रहालयबाट हटाउनुपर्छ भन्छन्। 
भन्नैपर्छ, बुर्के यस्तो व्यक्ति हुँदै होइन। उनी आलोचनाका लागि खुला छिन्। उनी मान्छिन्— यति विशाल र रप्mतारमा भएको आन्दोलनमा हुने कमजोरीलाई रोक्न सकिँदैन। यौन दुव्र्यवहार फराकिलो दायरामा हुन्छ, त्यसैले फराकिलो दायरामै जवाफदेहिता हुनुपर्छ। मलाई लाग्दैन कि यौन दुव्र्यवहारका हरेक मामलाले कसैलाई जागिरबाट निकालिदिनु पर्छ।

परिणाम फरकफरक हुनैपर्छ। हामीले हाम्रो संस्कृति बदल्न आवश्यक छ ताकि यौन दुव्र्यवहारको प्रत्येक घटनाबारे छानबिन होस् र त्यसैअनुसार त्यसलाई हेरियोस्। 
बुर्केले सुरुमा मीटूले ठूलो विपद् ल्याउँछ भन्ने गरेको अनुमान पुरुषलाई यसले अप्ठ्यारोमा पार्छ भन्ने होइन। यौन हमला र दुव्र्यवहारको बीचको अन्तर हराउँछ भन्नमा नै होे। विपद् यस कारण कि यौन हिंसाको सिकार भएकाहरूलाई सार्वजनिक गर्दा उनीहरूले पाउने न्याय कमजोर पो हुन्छ कि भन्ने थियो। 

दुई दशकदेखि बुर्केले यौन हिंसा भोगेकाका लागि सहयोग गर्ने आकर्षणविहीन, खटिरहनुपर्ने र पैसा नहुने कार्यक्रम चलाइरहेकी थिइन्। सो कार्यक्रममा अनलाइनमार्फत आपूmमाथि भएको यौन दुव्र्यवहार सार्वजनिक गर्ने कुरा थिएन। जब अनलाइनमा सार्वजनिक गर्न थालियो। अनलाइनमा आइपुग्दा उनले अनुमान गरे विपरीत जोखिमभन्दा फाइदा बेसी भयो। अनलाइनमा सार्वजनिक भइरहँदा आइरहेको उग्रप्रतिक्रियाले उनलाई छँुदैन। किनकि उनले लामो समय वैकल्पिक तरिकाले काम गर्दाको शून्य नतिजा देखेकी छन्। 
उनी नम्बरको बारेमा पनि सचेत छिन्। उनले आप्mनो संस्था स्थापना गरेको सुरुआती समयमा कार्यशाला सञ्चालन गर्न अलबास्थित टस्केगी सहरको कलेज पुगेकी थिइन्। उनले यौन हिंसासम्बन्धी नयाँ नौलो थुप्रै कुराहरू सिकाइन्। त्यसपछि छात्राहरूलाई तीन यस्ता कुरा लेख्न लगाइन्, जुन कार्यक्रममा आउनुअघि थाहा थिएन। यो हात उठाउनुस् र मीटू अनुभव भन्नुस् भन्ने पाराको थिएन। हामीले मानिसलाई मीटूबारे खुलेर बोल्नुस् भनेका थिएनौं। कार्यशालाको अन्तिममा बुर्के र उनका सहकर्मीले लेखिएका कागज जम्मा पारिन्। यौनसँग सम्बन्धित विषय धेरैचोटि आएँ। सबैले मेरो पनि, मेरो पनि भन्दाभन्दै 
मीटू भयो। 
‘म त्यो क्षण कहिल्यै बिर्सन सक्दिनँ,’ बुर्के भन्छिन्। कार्यशालामा ३० जना युवती थिए, हामीले ५–६ यौन दुव्र्यवहारको अनुभवको अपेक्षा गरेका थियौं। तर, २० वटा मीटू आयो। यो नतिजाले हामीलाई बेस्कन रिंग्यायो ।

त्यस समयमा आएको नतिजाले वर्तमान स्थितिलाई मसिनो गरी बुझाउन सघाउँछ। मुटुको भविष्य कता जान्छ भन्ने कुराको भेउ यही कार्यशालाको नतिजाले दिन्छ। उनी भन्छिन्, ‘ह्यासट्यागको प्रयोग गरौं, तर किन र त्यसपछि के हुनेछ भन्नेमा पनि सोचौं ।’
बुर्केका लागि मीटूको अर्थ आत्मविश्वास हो। अर्थात् आत्मसम्मान र आत्ममूल्यको भिन्नतालाई स्थापित गर्नु हो। भन्छिन्, ‘मलाई लाग्छ प्रायः महिला केन्द्रित कार्यक्रमहरू हामी तपाईंको आत्मसम्मान बढाउन चाहन्छौं र त्यो बढाउने तरिकाको प्रत्येक दिन आपूmले आफैंलाई म सुन्दर छु भन्न लगाउने हो। जुन कुरा मेरा लागि गलत हो। म चाहन्छु, युवतीहरू आप्mनो अस्तित्वलाई मात्र मूल्यवान् महसुस गरुन् ।’ 
विश्वमा चलेको मान्यताअनुसार जीवन मूल्य बढाउनका लागि तपाईंका अगाडि केही जोडिनुपर्छ। त्यस्तो केही हुनुपर्‍यो जो उपभोग गरिन सकियोस्। जस्तै, 
‘मसँग यस्तो हुनुपर्छ ः म सुन्दर हुनैपर्छ ।’ 

तर मेरा लागि यो यस्तो होइन। मलाई सिकाउन दिनुस् कि काला वर्ण र मुख्य गरी महिलाबारे संसारले के सोच्छ ? वा हामी जस्तै देखिने महिलालाई संसारले के गर्छ, मलाई सिकाउन दिनुस् ? मलाई सिकाउन दिनुस्, उनीहरू किन गलत छन् भनेर ! 
बुर्के आफैंले जुनजुन कुरा महिलालाई प्रतिवाद गर्न सिकाउनुपर्छ भनेकी छिन् त्यही शक्तिको प्रतिरक्षा गर्न उनलाई पनि मुस्किल पर्छ। उनी २० वर्षे छोरीको एकल अभिभावक हुन्, जोसँग जीवनका अनुभवहरूसँगै लड्ने आक्रामक दृष्टिकोण पनि छ। 
जब उनी सामाजिक सञ्जालभित्र पस्छिन्, आप्mनाविरुद्ध बनाएका अनेकन् ट्रोलहरू देखेर मुस्कुराउँछिन्। ट्रोलमा के भन्छन् ? भन्छिन्, ‘तिमी यति कुरूप छौ कि बलात्कार गर्न पनि लायक छैनौ ।’

यो सम्भव हुनुमा ह्यासट्यागसहितको मीटूलाई धन्यवाद ! महिलाका गुनासा जो दबिएका थिए, उनीहरूले नै त्यसलाई बाहिर ल्याउन सक्षम भएका छन्। बाहिर ल्याउन नसक्दा पनि, कतिपय महिलाहरूलाई म पनि पीडित हुँ भन्ने भित्र कतै महसुस भइरहेको हुन सक्छ। तर, मीटू मुखर भएर आउँदा पनि महिलालाई आपूm यौन हिंसा पीडित हो भनेर परिचय दिन पक्कै सहज छैन। 

बुर्केलाई पटकपटक सोधिन्छ, केही पुरुषहरूलाई सामान्य गल्तीका लागि यति कठोर सजाय किन दिइन्छ ? भन्छिन्, ‘मलाई यो प्रश्नप्रति नै घृणा छ। मलाई यस्तो प्रश्नबाट टाढा जान मन छ। किनभने मानिसहरू बेकारको प्रश्नलाई मुख्य बनाइदिन्छन्। ठीक छ, महिलाले पनि ढाँटेका हुन सक्छन्, त्यसको सम्भावना तीन प्रतिशत मात्र होला ।’ 
उनलाई लाग्दैन, यौन हिंसा र यौन दुव्र्यवहार दुवै अन्तरसम्बन्धित हुन्। मानिसहरू भन्छन्, यहाँ यौन दुव्र्यवहार हुन्छ, तर यसलाई बलात्कारसरह एउटै दर्जामा राख्नुहुन्न। भन्छिन्, ‘यौन दुव्र्यवहार भनेको सुरुआती नसाजस्तै हो। यो प्रस्थान बिन्दु हो। यसले भन्छ, ‘केही हुँदो रहेनछ अझ एक कदम अगाडि बढौं ।’ 

सबैभन्दा खतरनाक यो हो कि मीटूले गर्दा केही गम्भीर घटना नभएकाले पनि आपूmलाई पीडित बनाउँछन्। यो मीटूविरुद्ध हुने तर्क हो। यो कुरा भन्दै गर्दा उनको आवाज चर्को हुन्छ। सबै खालका आलोचनाका लागि खुला भए पनि यो आलोचना उनलाई मनै पर्दैन। भन्छिन्, ‘जो महिला मीटूबारे खुलेर आएका छन्, तिनीहरूले आपूmले के गरिरहेकी छु भन्ने महसुस गर्दैनन् भन्ने मलाई लाग्दैन ।’ आफैंभित्र शक्ति हुन्छ र मीटू धेरै हिसाबले साधन हो। यो साधन छोड्ने कुरा होइन, यो त दाबी गर्ने कुरा हो। 

अँध्यारो समय अझै यथावत् हुन सक्छ। पहिले जब मानिस भन्थे– कुनै पुरुषले एक पटक मेरो स्तन छोयो; मलाई थाहा थिएन मैले त्यसबेला मीटू भन्न सक्थे कि ? म मानिसहरूलाई भन्थेँ, ‘म यसलाई परिभाषित गर्न सक्दिनँ, तिमी र तिम्रो शरीरले स्तन छुँदा कस्तो प्रतिक्रिया दिन्छ ? यसलाई म मानसिक आघात होइन भनेर भन्न सक्दिन थिएँ ।’ 

मैले थुप्रै परिवारमा यस्ता घटना देखेको छु, जहाँ एक न एक बालबलिकाले कुनै न कुनै रूपमा यौन हिंसा भोगेका हुन्छन्। र, जम्मा दुई खालका अभिभावक देखेको थिएँ। एक प्रकारका अभिभावक जसले बालबालिकामाथि यौन दुव्र्यवहार हुँदा पनि भन्थे, ‘यो केटाटीपना मात्र हो, केही भएको छैन ।’ अर्काे खालकाले भन्थे, ‘म मेरो बच्चालाई थेरापीमा लैजान्छु यो निकै

भयानक कुरा हो ।’ यो बच्चाको प्रतिक्रियामा आधारित छ। मलाई लान्छ, सामान्यतया यस्तै हुन्छ र मीटू त्यही हो, जो प्रतिक्रिया स्वरूप आउँछ। 
यो भाषा पनि हो, जुन तपाईं प्रतिक्रियाका लागि छनोट गर्नुहुन्छ। उनी भन्छिन्, ‘जति बेला मैले मीटूको सुरुआत गरेँ, त्यसबेला युवकयुवतीहरूसँग बोल्ने भाषा थिएन ।’ 

‘बलात्कार संस्कृति’ भन्ने शब्द नयाँ वा विदेशी शब्द रहेन। तपाईं यो भाषाको आसय मन नपराउन सक्नुहुन्छ। यो तपाईंलाई आक्रामक, अस्पष्ट र व्यापक लाग्न सक्छ। तर यसमा शंकै छैन कि जसलाई ‘बलात्कार संस्कृति’ भन्ने शब्द सुन्दा अप्ठ्यारो लाग्छ र यसले सामान्य अर्थ पनि सञ्चार गर्दैन भने यो तपाईंको मात्र गल्ती होइन। 
बुर्के आफैं पनि यस्तो अनुभवबाट गुज्रिसकेकी छिन्। उनलाई सानैमा केही छिमेकी केटाहरूले आक्रमण गरेका थिएँ। र, अरू थुप्रै घटना सँगसँगै यो घटनाले पनि उनलाई अभियन्ता बन्न प्रेरित गर्‍यो। म गरिबीमै त हुर्किइनँ। तर हामी ज्याला मजदुरीमा आश्रित थियौं। 

तर, मेरी आमा निकै दृढ हुनुहुन्थ्यो। उहाँले मलाई केही कमी महसुस गराउनु भएन। मैले राम्ररी पढ्न पाएँ। यिनै कुराले मेरो जीवनको बाटो मोडिदियो। सानैमा ममाथि भएको घटना यौन दुव्र्यवहार थियो भन्ने कुरा बुभ्mन र त्यसमा मलम भर्ने काम मैले पढेका पुस्तकहरूले गरिदियो। मलाई यस्तै पृष्ठभूमि र अनुभवले मजबुत बनाएको छ। मसँगै काम गर्ने सहयात्रीहरूको भोगाइ मेरोजस्तो नहुन सक्छ। 

मलम भर्ने प्रक्रिया यस्तो प्रक्रिया हो जुन कहिल्यै पूर्ण हुन सक्दैन। बुर्केलाई उनले अहिले पाएको तामझामले बेचैन बनाउँछ, ‘म मीटूको देखिने अनुहार हुन असहज मान्छु, म नेतृत्व दिन चाहन्नथेँ ।’ उनी भन्छिन्, ‘म अझै पनि आपूmसँग र आपूmभित्रै लडिरहेकी छु ।’ 
मानिसहरू मीटूलाई पैसामा रूपान्तरण गर भन्छन्। प्रोत्साहित पनि गरिरहन्छन्। मीटू भाइरल भएपछि त झन् मानिसहरू तिमीले मीटूको टिर्सट बेच्नुपर्छ भनिरहेका छन्। सबैसँग मेरो आम्दानी बढाउने अनेक उपाय छन्। 

बुर्केसँग मीटूको टिर्सट वर्षौंदेखि नभएको हैन। अहिले पनि उनी जब टिसर्ट लगाएर घरबाट बाहिर निस्कन्छिन्, युवकहरू टिर्सट हेरेर ओ मीटू ! मीटू ! भनेर जिस्क्याउँछन्। अनि उनी पछाडि फर्किन्छन्। उनले लगाएको टिसर्टको पछाडि भागमा लेखिएको छ, ‘यौन हिंसा अहिले नै बन्द गर ।’ 
ती शब्दहरू जब उनलाई जिस्क्याउने युवकले पढ्छन्। त्यसपछि भयानक सन्नाटा छाउँछ। अनि युवकहरू स्वतः भन्छन्, ‘मलाई माफ गर्नुस् ।’ टिसर्टको किस्सा सुनाइसकेपछि बुर्के मज्जाले हाँस्छिन्। 

‘हामी टिर्सट बेच्न चाहन्नौं, यो उपहार हो। मैले धैरै 
पटक अरुको हातमा टिसर्ट राखिदिँदै भन्ने गरेको छु, जब तपाईं तयार हुनुहुन्छ ?’
बुर्केको व्यक्तित्व दिनदिनै बढ्दै छ र उनी आप्mना माग आवश्यकताबमोजिम उठाउन झन् दृढ छिन्। भन्छिन्, ‘तर, मुख्य कुरा भनेको यसलाई कसरी प्रयोग गर्नुहुन्छ भन्ने हो र तपाईंले यसलाई मान्छेको हितका लागि नै प्रयोग गर्नुपर्छ ।’

विशेषाधिकार, उनीसँगै निकै ठूलो जनमानसको पनि विशेषाधिकार हो। र यो मसँग छ र म यसलाई जिम्मेवारीपूर्वक प्रयोग गर्न कोसिस गर्दै छु। तर, यो मसँग नभइदिएको भए म पहिलेकै जस्तो स्थानमा हुन्थेँ, मीटू टिसर्ट लगाएर वर्कसपहरू गरिरहेको हुन्थेँ र रेप काइस्रिस सेन्टरहरूमा गइरहेको हुन्थेँ। उनी मज्जाले हाँस्छिन् र भन्छिन्, ‘जे भए पनि काम भनेको काम 
नै हो ।’ 
द गार्डियनबाट रवीन्द्र ढकालको अनुवाद।