बलिउड सिरियलमा नेपाली महिलामाथि गरिएको निच शब्दप्रति रेखा थापाको आपत्ती

मनाेरंजन महिला

‘पातल लोक’ नाम भारतिय सिरियलमा नेपाली महिलाको अस्मिता माथि प्रयोग भएको निच शब्दप्रति नेपाली नायिका रेखा थापाले बिरोध जनाएकी छिन् । छोरीको निम्ति स्वर्णिम नेपाल नामक अभियानकी अभियान्ता समेत रहेकी रेखाले यस सिरियलको निर्माण युटिनलाई तत्काल माफी माग्दै रेकर्डबाट समेत उक्त दृश्य हटाउन माग गरेकी छिन् ।

रेखा थापाले आफ्नो फ्यान पेजमा लेखेको स्टाटस पढ्नुस : ‘एकातिर जमिन अतिक्रमण गरेर हाम्रो सर्वभौमिकता माथि धावा बोल्ने, भएन भनेर बलिउडका फिल्म र सिरियलमा नेपालीको मान मर्दन हुने गरेर प्रस्तुत गर्ने दादागिरीको घोर भत्र्सना गर्दछु । पातल लोक नामक सिरियलमा नेपाली महिलाको अस्मिता र हाम्रो सार्वभौम देशको स्वाभिमानी छोरी हरुलाई जुन निच शब्द प्रयोग गरिएको छ त्यो घोर आपत्ति जनक छ । त्यती मात्र होइन यस्तो भाषा र हेपाह प्रवृतीले बलिउडका फिल्म, कला साहित्यको नारी प्रतिको असहिष्णुता र सोचको स्तर पनि देखाएको छ । यसको निर्माण सम्बद्ध पक्षले तुरुन्तै माफी मागोस् र रेकर्डबाट हटाइयोस् । कुन देशका छोरी बहादुर छन भन्ने ईतिहास साक्षी छ, हामीले कुनै सिरियल वा कठपुतली बनेर फिल्म खेल्नेसँग सिक्नु छैन । यता नेपालमा भारतीय सिनेमाको दलाली गर्ने, लाइन लागेर हेर्ने र घर घर मा हिन्दी सिरियल हेर्ने भिड पनि होसमा आओस् ।’

त्यसैगरि अर्की नायिका करिश्मा मानन्धरले पनि बिरोध जनाउदै लेखेकी छन : हदैसम्मको तल्लो स्तरीय शव्द प्रयोग गरेर नेपालीहरु प्रती गरिएको यो हदैसम्मको हेपाइ प्रस्तुत गरेकोको सो सिरियल कला प्रस्तुतिको नाममा भद्दा उपहासहो ,येस्को घोर भ्रत्सना गर्दछु ।
हरेक मुलुकका आमा,छोरी , बुहारी या कुनै पनि महिला जननी हुन , के त्यो नेपालआमा , अमेरिकीआमा , चाइनिजआमा या अन्य देशका आमा हुन्छ ? आमा सिर्फ आमा हुन्छिन ।
कुनै महिलाको हैसियतलाई तल गिराउदा कुनै मुलुकको नाम जोडेर गालिगर्नुभन्दा पहिला तिनले आफ्नो हैसियत के हो भनेर आफैसंग प्रश्न गर्नुपर्ने !!
(सकारात्मक हुनुको अर्थ यो होइन कि आत्मसम्मान मारेर बेहोस भयेको नाटक गर्नु !)