बलोच एक्टिभिस्ट करिमाको शब टोरोन्टोमा भेटियो: हत्याको आशंका !

Breaking क्यानडा विशेष

शेयर गर्नु होस ।

एम खबर, क्यानाडा। डिसेम्बर २३,२०२०। पाकिस्तानको बलूचिस्तानमा सेनाले गरेको बर्बरताका विरुद्ध आवाज उठाने सामाजिक अभियान्ता करीमा बलोचको शब संदिग्ध अबस्थामा टोरोन्टोमा भेटिएको छ। 

अस्ति आईतवारदेखी बेपत्ता रहेकि उनको शब अहिले टोरोन्टोमा संधिग्ध अबस्थामा भेटिएको हो। २०१६ मा रक्षाबंधनको अबसरमा बलोच स्टूडेंट ऑर्गेनाइजेशनकि अध्यक्ष करीमा बलोचले भारतीय प्रधानमंत्री नरेंद्र मोदीलाई आफ्नो दाजु बताउँदै एउटा भाबुक भिडियो संदेश जारी गरेकी थिईन्। त्यसैगरी करीमाले एक पटक पीएम मोदीलाई बलूचिस्तानको आवाज बन्न आव्हान पनि गरेकी थिईन्। 

करीमा बलूचको हत्या पाकिस्तानको खुफिया एजेंसी आईएसआईले गरेको आशंका भारतीय संचार माध्यमले गरेका छ्न्। यद्यपि उनको हत्या वा मृत्यु के भएको हो, त्यसको यकिन भने भईसकेको छैन। करीमा बलोच पाकिस्तानी सरकार र सेनाको विरुद्धमा आवाज उठाउने सामाजिक अभियन्ता मानिन्छिन्। उनले संयुक्त राष्ट्रमा समेत बलूचिस्तानमा पाकिस्तानी सेनाले गरेको अत्याचारको विरुद्धमा आवाज उठाएकी थिईन्।

उनी सन् २०१६ देखि क्यानाडामा शरणार्थी भएर बसेकी थिईन्।