बहराइनमा १२६ जना नेपालीमा कोरोना सङ्क्रमण

स्वास्थ्य

काठमाण्डौं – बहराइनमा थप ७२ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण देखिएको छ । मंगलबारसम्ममा जम्मा १२६ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण देखिएको नेपाली राजदुतावासले जानकारी दिएको छ ।
यसअघि बहराइनम ४९ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको थियो । दूतावासका अनुसार बहराइनमा झण्डै ३० हजार नेपाली श्रमिक कार्यरत छन् ।

खाडीका देश र मलेसियामा रहेका नेपाली दूतावासका अनुसार यी देशमा अहिलेसम्म १८९ जना नेपाली नागरिकमा काेराेना सङ्क्रमण देखिएकाे छ । जसमध्ये १८० जनाको अस्पतालमा उपचार भइरहेको छ । ७ जना निकाे भएर काममा फिरेका छन् भने यूएईमा काेराेनाका कारण दुई जनाकाे ज्यान गएकाे छ ।

अहिलेसम्म बहराइनमा १२६, यूएईमा १२, साउदीमा ४, कुवेतमा २९, कतारमा १५, मलेसियामा ३ जना गरी जम्मा १८९ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएकाे हाे । जसमध्ये साउदीमा तीन, यूएईमा दुई र मलेसियामा दुई गरी ७ जना निको भएर काममा फर्किएका छन् ।