बाचन पंण्डित दिनबन्धु पोखरेल द्धारा क्यानडामा श्रीमद्भभागवत ज्ञानमहायज्ञ जुलाई ६ बाट सुरु ।

क्यानडा विशेष

शेयर गर्नु होस ।

राजु थापा, टोरोन्टो-क्यानडा । यहि जुलाई ६ तारिख शनिवार देखि १३ तरिख सम्म क्यानडाको बहुसांकृतिक शहर टोरोन्टोमा ७ दिने श्रीमद्भभागवत ज्ञान महायज्ञ हुदैछ । जिटिएको ब्रामटन शहरमा स्थापना गरिएको श्री पशुपतिनाथ मन्दिरको बिकाश तथा बिस्तारको लागि नेप्लीज कम्यूनिटि हेरिटेज सेन्टरले उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो ।

नेपालका चर्चित बाचन पंण्डित दिनबन्धु पोखरेल सोका लागि केहि दिनमा क्यानडा आईपुग्दै हुनुहुन्छ ।

क्यानडामा पहिलो पटक बेद र बुद्ध दर्शनमा आधारित महायज्ञ प्रबचन गर्न लागिएको जनाईएको छ । महायज्ञको उद्घाटन एक सय आठ कलश यात्रा गरि प्रारम्भ गरिने छ । कार्यक्रममा टोरोन्टो स्थित बिभिन्न संघसंथा सहित नेपालीहरुको बाक्लो सहभागितामा हुने आशा गरिएको छ । नेपाली आप्रबासीहरुको संख्या क्यानडामा दिनानुदिन बढ्दै गैरहेको र  ब्रामटनमा स्थापना गरिएको श्री पशुपतिनाथ मन्दिरको प्रांगण साँघुरो भएको कारण त्यसको बिकाश र बिस्तारमा सहयोग पुग्ने मूख्य उद्धेश्यका साथ कार्यक्रम हुन लागेको आयोजक मध्येका सदस्य मोहन सापकोटाले जनाउनु भएको छ ।

आयोजक नेप्लिज क्यानेडियन हेरिटेज सेन्टरले उक्त महान कार्यमा क्यानडामा रहनु भएका सम्पूर्ण नेपाली समूदायका सदस्यहरुलाई उपस्थित भै महायज्ञमा भब्यरुपमा सफल पार्न हार्दिक अपिल गरेको छ ।  

भरखरै मात्र संयुक्त राज्य अमेरिकाको राजधानी ग्रेटर वाशिङ्गटन डीसी मेट्रो क्षेत्रमा जुन २९ मा सम्पन्न नेपालीहरूको बहुउदेश्यीय सामुदायिक भवन निर्माण अभियानका लागि गरिएको डिसी सप्ताह २०१९ सकारात्मक सन्देशसहित सम्पन्न भएको छ । सप्ताहको अन्तिम दिनको प्रारम्भिक रिपोर्टअनुसार करिव २० लाख अमेरिकि डलर भन्दा बढीकाे सहयोगको घोषणा भएको छ ।