बाढी-पहिरोबाट देशभर ४५ जनाको मृत्यु, २२ जना वेपत्ता

नेपाल समाचार

गृहमन्त्रालयले देशभर बाढी पहिरोका कारण ४५ जनाको मृत्यु भएको जनाएको छ । गृहमन्त्रालयको राष्ट्रिय आपतकालिन केन्द्रका अनुसार हालसम्म ४५ जनाको मृत्यु भएको छ । २२ जना बेपत्ता भएको र २९ जना घाइते भएका छन्।

ज्यान गुमाउनेमा सबैभन्दा धेरै ललितपुरमा ७ जना रहेका छन् । त्यस्तै भोजपुरमा ५, ओखलढुंगामा ४ जना, खोटाङ, काठमाडौं र मकवानपुरमा ३/३ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मोरङ, बारा, सिन्धुली, झापा र धादिङमा २/२ जनाको मृत्यु भएको गृहको तथ्याङ्कमा उल्लेख छ ।

इलाम, सप्तरी महोत्तरी, सर्लाही, रौतहट, पर्सा, पाँचथर, रामेछाप,पाल्पा, डोल्पा र दाङमा १र१ जनाको मृत्यु भएको छ। बाढी पहिरोमा १० हजार ३ सय ८५ घरधुरी विस्थापित भएको छ।