बाबुराम भट्टराई उपेन्द्र यादवसँग मिसिएपछि राजनीति छाडिन् करिश्माले

नेपाल समाचार मनाेरंजन

शेयर गर्नु होस ।

अभिनेत्री तथा निर्मात्री करिश्मा मानन्धर राजनीतिबाट बाहिरिएकी छन्।डा. बाबुराम भट्टराई नेतृत्वतको तत्कालीन नयाँ शक्ति पार्टीमा आबद्ध उनले पार्टीको राजनीतिबाट बाहिरिएको जानकारी गराएकी छन्।

गत चैत अन्तिम साता तत्कालीन नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता भएर समाजवादी पार्टी नेपाल गठन भएको केही समयपछि आएर करिश्मा पार्टीबाट बाहिर भएकी हुन्।

उनले मौखिक रूपमा राजीनामा दिइसके पनि लिखित राजीनामा दिन बाँकी रहेको जनाइन्। यो खबर आजको नेपाल समाचार पत्रमा छापिएको छ। व्यक्तिगत कारणले सक्रिय राजनीतिबाट बाहिरिएको करिश्माको भनाइ छ।