बामदेब डिप्लोमेसी: दिउँसाे प्रचण्ड-माधवसंग बम्किए, राती ओलीलाई भात पस्किए !

नेपाल समाचार राजनीति

शेयर गर्नु होस ।

एमखबर। 29 जुलाई 2020। कहिले प्रचण्ड-माधव समुह त कहिले प्रधानमन्त्री ओलीको समुह तिर लाग्दै छोड्दै गरेका प्रभावशाली नेता बामदेब गौतमले अनायासै समूह परिवर्तन गरेपछि नेकपा भित्र चुलिँदै गएको शक्ति संघर्षमा नयाँ परिस्थितिको सृजना गरेको छ। बामदेब गौतमले त्यसरी प्रचण्ड-माधव समुहको कित्ता नाघेर प्रधानमन्त्री ओलीको कित्तामा फुत्त हाम्फाले पछि प्रचण्ड-माधव समूह डगमगाएको मात्र छैन, उनीहरुको बहुमतिय गणितमा पनि ठुलै उलटफेर हुन पुगेको छ।

प्रचण्डले प्रधानमन्त्री ओलीसंगको प्रत्येक भेटघाटमा आफुलाई प्रधानमन्त्री वा पार्टी अध्यक्ष बनाउन अनुरोध मात्र गरेनन्,माधव-बामदेब र झलनाथ सबैलाई तह लगाएर प्रधानमन्त्री ओलीलाई सहयोग गर्ने बाचा नै गरे। माधव नेपालले पनि बाहिर-बाहिर प्रधानमन्त्रीको चर्को-चर्को बिरोध गरे पनि प्रधानमन्त्रीसंगको पछिल्लो पटकको भेटघाटमा भने आफुलाई अहिले महाधिवेशनको संयोजक तोक्न र महाधिवेशन पछी पार्टी अध्यक्ष बनाउन राजी भए प्रचण्ड-बामदेब र झलनाथलाई छाडिदिने कसम खाए। प्रचण्ड र माधव नेपालको अरुलाई जुधाउने र शक्ति आफैले एकलौटी हत्याउने दाउपेचमा लागेको भेद प्रधानमन्त्री ओलीले बामदेब गौतम समक्ष खोलिदिए पछी बामदेब एक्कसी बम्किएका हुन् र प्रचण्ड र माधव दुबैलाई देखाईदिने भन्दै कित्ता परिवर्तन गरेका हुन्। उनले प्रस्तुत गरेको पार्टी एकताको सुत्र त्यसैको परिणाम हो। ड्राफ्ट बालुवाटारमा तयार भयो, प्रस्तुत प्रचण्ड-माधब गुटमा गरियो।

प्रधानमन्त्री ओलीले प्रचण्डलाई बार्ता र भेटघाटमा अल्मलाई रहे तर भित्र भित्रै बामदेब गौतम, गृहमन्त्री रामबहादुर थापा, मन्त्री लेखराज भट्ट, शक्ति बस्नेत, मणि थापा लगायतका प्रचण्ड खेमाका थुप्रै नेताहरूलाई आफ्ना पक्षमा पार्न सफल भए। बामदेब गौतमको घरमा प्रधानमन्त्री ओलीको भेटघाट बाहिर संचार माध्यममा प्रचार गरिए जस्तो पारिवारिक भेट घाट नभएर अन्तर पार्टी संघर्षमा गरिएको बिजयोत्सव र बामदेब केपीको नयाँ समीकरणको उद्घोष सहितको रात्री भोज थियो।

आफ्नै निवास बालुवाटार कै अर्को कोठामा भएको प्रचण्ड-माधवको मिटिङमा यसो चियाउन सम्म नगएका प्रधानमन्त्री ओली बामदेब गौतमको उति परको घरमा भात खानै मात्रका लागि किन पो जान्थे र ?