बामदेव र नारायणकाजीका कारण संविधान संकटमा

नेपाल समाचार

शेयर गर्नु होस ।

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता प्रदीप नेपालले बामदेव गाैतम र नारायकाजी श्रेष्ठका कारण संविधान एक कार्यकाल पनि नटिक्ने संकेत देखिएको बताएका छन ।

सामाजिक सञ्जाल फेसबुक मार्फत टिप्पणी सार्वजनिक गर्दै नेता नेपालले जनताले बनाएको भनिएको संविधान एक कार्यकाल पनि नटिक्ने संकेत देखिएको बताए ।

नेता नेपालले भनेका छन ‘वामदेव गौतम र नारायणकाजी रास्ट्रिय सभामा जानु भयो । त्यो बुढाबुढीकै मंच हो। ब्यथा त संविधानको भो। जनताले बनाएको भनिएको संविधान एक कार्यकाल पनि नटिक्ने भो।’

नेता नेपालले राष्ट्रियसभा बुढाहरूकै मञ्ज भएकाले गाैतम र श्रेष्ठको प्रतिनिधि ठीकै भएजस्तो देखिए पनि संविधान नै समस्यामा परेको बताएका छन ।