बालक अपहरण गरी हत्या गर्नेलाइ प्रहरीको इन्काउण्टर, २ जनालाई गोली लाग्यो

नेपाल समाचार

शेयर गर्नु होस ।

प्रहरीले अपराधिलाई नियन्त्रणमा लिनको लागि गोली चलाएको छ । ८ बर्षीय बालक करण शाहलाई अपहरण गरी हत्या गर्ने हत्याराहरुलाई प्रहरीले इन्काउन्टर गरेको हो ।
गत १० गते शुक्रबार विहानको १० बजे बीरगंजबाट अपहरणमा परेका बालकको कलैया नगरपालिका वडा नम्बर ११ मा लगेर २ घण्टापछि शव भेटिएको थियो । २ नम्बर प्रदेश कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले अपहरणकारीको खोजी तिव्र बनाएको थियो ।

शुक्रबार रातीमात्र प्रहरीलाई खबर आएपछि प्रहरी अझै सशक्त भएर लागेको थियो । अपहरणकारीहरुले बच्चाको हत्या गर्नु अगाडी नै बच्चाको बोली रेकर्ड गरेर हत्या गरेका थिए । त्यसपछि उक्त अडियो सुनाएर फिरौती मागिएको खुल्न आएको छ ।

प्रहरीका अनुसार भारत बिहार घर भएका बिकास शर्मा, कलैया नगरपालिका वडा नम्बर ८ भएका राम बिनेश महतो, बारा कलैयाका शिकेन्द्र शाहले अपहरणपछि हत्या गरेका थिए ।
अपहरणकारीलाई पछ्याउँदै गएको प्रहरीको टोलीलाई देखेर भाग्न खोजेपछि उनीहरुलाई गोली प्रहार गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।