“बाल्यकालको नयाँ वर्ष”- रेखा किरण !

प्रवास मनाेरंजन विविध

कबिताः

नयाँ वर्षको दिन चहलपहल निकै हुन्थ्यो
पुजाको घन्टीको आवाजले कुनाकाप्चा छुन्थ्यो
म सुनौलो किरण हेरी टोलाईरहन्थे
यस्तो बिहानी सधै आउनुहै भनि बोलाईरहन्थे

आज पढे बर्ष भर पढ्न मन लाग्छरे
भलो सोचे सबको सधै भर जागर जाग्छरे
नया बस्त्र लगाउन सके बर्षैभर राम्रो लगाउन पाईन्छरे  
मिठो मसिनो मुखमा परे सधै त्यस्तै खाइन्छरे

सेलरोटीको वासनाले धुरीबाट निस्की बादलुको आकृतिलाई   छुदा
मेरो बालमस्तिस्कले सोध्थ्यो के फरक छ हिजो र आजमा तिम्रो आगमन हुदा
बर्षदिनको  राशिफल टेलिभिजनमा आउदा
रमाउथॆ बिहानै टिका लगाई पैसा अनि प्रशाद पाउदा

घरमा फेरि ग्रह अनुसारको पुजा लगाउने कुरा चल्थ्यो
पाहुना पण्डित मिस्थान भोजन ढीकीले फेरि चामल दल्थियो
कस्त्यो रमाइलो विद्यालय जान पनि नपर्ने
ग्रिहकार्य किन नगरेको भनि गाली खान  पनि नपर्ने

बर्षौ भएछ नयाँ  बर्षको स्वाद हराएको
यो सेताम्ये हिउको बारीमा जिन्दगि चराएको
आज पनि म हुर्किएको आगनीमा तेस्तै सुनौलो बिहानी आउछ कि आउदैन ?
 बाल बालिकामा तेस्तै नयाँबिहानीको स्वाद छाउछ कि छाउदैन ?

रेखा किरण पौडेल

सेन्ट अल्बर्ट , क्यानाडा