बिडम्बना के छ भने सिंहदरबार सधैँ बोल्नेहरूको मात्रै हुँदै आयो । गर्नेहरूलाई कहिल्यै बोल्न आएन ।

विविध

बेलायत या अमेरिकाको आकर्षक जीवन छोडेर राजनीतिमा फर्केकाहरूको त खुब चर्चा हुन्छ तर सिंहदरबारको घुम्ने कुर्सी छोडेर कोदालो समाउन फर्किनेहरूले त्यति चर्चा पाउँदैनन् । तिनमा एक्सपोजरको लोभ पनि हुँदैन ।

पूर्व मन्त्री एवं माओवादी नेता लोकेन्द्र बिष्टले उर्जाशील यौवन हतियार बोकेरै बिताए ।
देशलाई स्विट्जरल्याण्ड बनाउने सपना बोकेर लड़िएको युद्धले उनलाई सत्ता र एक जोर सुकिलो लुगा त दियो तर सामन्तवादविरुद्ध hommodolars.org लड्दालड्दै आफ्नै साथीभाइमा बढ्दै गएको सामन्ती सोच र राजसी जीवनशैली नजिकबाट हेरेका उनलाई राजनीतिले देश स्विट्जरल्याण्ड बन्छ जस्तो लागेन । फुटाउने, ग्रुप बनाउने, तोड्ने, किन्ने, सिध्याउने र थुपार्ने जस्तो काममैं जीवन बिताउन यी राजी भएनन् ।

यी कोदालोमा फर्किए । धान खेती सुरु गरे । शायद सोचेजस्तो भएन । अहिले दाङ् पुगेर ड्रागन खेती गर्दै रहेछन् । असार पन्ध्रमा शेर बहादुर देउबा या बाबुरामले हलो समाएको तस्बीर आउँछ, मन्त्रीले गमलामा धान रोपेको फोटो शेयर हुन्छ तर यी चुपचाप रातदिन खेतमा हुँदा रहेछन् । असारको पन्ध्र होस् या पच्चीस, एउटा किसान माटोमैं हुन्छ, फेसबुकको फोटोमा हुँदैन ।
कृषि-क्रान्ति शीर्षकमा भाषण गर्न पर्यो भने यी सोझा र कर्मशील मगर अन्कनाउलान्, शब्द नभेटिएला । तर ओली या प्रचण्डले धारावाहिक रूपमा तीन घण्टा बोल्न सक्छन् ।

बिडम्बना के छ भने सिंहदरबार सधैँ बोल्नेहरूको मात्रै हुँदै आयो । गर्नेहरूलाई कहिल्यै बोल्न आएन ।

नारायण गाउलेको वालबाट