एम खबर डेस्क, क्यानाडा। ११ मे, २०२० । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले कोरोना महाव्याधिबाट प्रभावित विभिन्न देशमा अफ्ठ्यारोमा परेका नेपालीहरुलाई तत्काल सुरक्षित रुपमा स्वदेश फिर्ताको व्यवस्था गर्न माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्।
उनले बिदेशी भूमिमा अलपत्र परेका नेपालीलाई तत्काल सुरक्षित रुपमा स्वदेश फिर्ता गराउने बिषयमा संसदमा छलफल होस् भन्नका लागि महत्वको प्रस्ताव दर्ता गरेको बताएका छ्न्।
थापाको प्रस्तावमा सांसदहरु डा. डिला संग्रौला र प्रकाश रसाईली(स्नेही)ले समर्थन गरेका छन्। उक्त प्रस्तावमा थापाले बिदेशमा अलपत्र रहेका नेपालीहरुलाई राज्यले के कसरि सहयोग गर्न सक्छ भन्ने सुझाव सहित प्रस्ताव दर्ता गरेका हुन्।