बिनासकारी भूकम्पका कारण क्षतिग्रस्त धरहरा आधुनिक ढंगबाट पुरानै ढाचाँमा निर्माण सम्पन्न ।

Breaking नेपाल समाचार

काठमाडौँ । २४ अप्रिल, २०२१ । उपत्यकाको सुन्धारमा अवस्थित रहेको धरहराको २०औँ तलामा रहेको बालकोनीबाट पुष्प वृष्टि समेत गर्दै पुनः निर्मित धरहराको हिजो उद्घाटन गर्नुभएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भूकम्पका कारण धरहरा ढल्दा हुन पुगेको क्षतिको पुनः उत्थान गर्ने र दुर्घटनामा परी दिवङ्गत हुने परिवारलाई धरहरा संरक्षणको काममा प्राथमिकताका साथ रोजगारी दिइने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले धरहरा पुनःनिर्माण नेपालीको भावना र गौरवसँग जोडिएकोले पुनर्निर्माण गर्दा इतिहास झल्किने र आधुनिकता टल्किने गरी बनाउनुपर्ने आफ्नो धारण अनुसार काम बनेकोमा खुसी व्यक्त गर्नुभयो ।
२०७२ वैशाख १२ गतेको भूकम्पका कारण क्षतिग्रस्त भएको धरहराको पुनः निमार्ण गर्न २०७२ फागुन ४ गते मेरो धरहरा मै बनाउँछु अभियान सुरु गर्नुभएका प्रधानमन्त्री ओलीले २०७५ पुस १२ गते धरहरा पुनःनिमार्णको शिलान्यास समेत गर्नुभएको थियो ।
३ अर्ब ४८ करोड कुल लागत रहेको पुनः निर्मित धरहराको जमिनमाथिबाट गजुरसहितको धरहराको उचाइ ८३.८५ मिटर रहेको छ ।
समाचार श्रोतः रेडियो नेपाल ।