बिना स्वीकृति नक्सा छापेर बिक्री गरे कारवाही हुने

नेपाल समाचार विश्व समाचार

काठमाडौं : नापी विभागले अनाधिकृतरुपमा लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा छपाई गरी विक्री वितरण गरेमा कारवाही गर्ने जनाएको छ।

नेपालको नयाँ नक्सा अनधिकृतरुपमा छपाई तथा विक्री वितरण गरे कानुनी कारबाही हुने विभागले जनाएको छ। यसरी नक्सा छाप्नु र विक्री गर्नु दण्डनीय भएको भन्दै विभागले बिना स्वीकृति अनधिकृत तवरले छपाई र विक्री वितरण नगर्न/नगराउन आग्रह गरेको हो।

कानुन विपरित कसैले नक्सा छपाई तथा वितरण गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही गरिने विभागका महानिर्देशक प्रकाश जोशीले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख।