बिल मोर्नीको राजीनामा पछि क्रिष्टिया फ्रिल्याण्ड क्यानडाको प्रथम महिला अर्थ मन्त्रीमा नियूक्त ।

Breaking क्यानडा विशेष

शेयर गर्नु होस ।

एमखवर डटकम न्यूज डेस्क, क्यानडा । क्यानडाका प्रधानमन्त्री जस्टिन ए टुडोले आज आफ्नो क्याबिनेटमा फेरबदल गरेका छन् । उनले आफ्नै क्यानबिनेटकि उपप्रधान तथा अन्तरसरकारी मामिला मन्त्री क्रिस्टिया फ्रिल्याण्ड लाई अर्थमन्त्रीमा नियूक्त गरेका हुन् । प्रधान मन्त्री टुडोले आज दिउसो अटावा स्थित रिडिउ हलमा गरिएको एक समारोहमा उक्त घाेषणा गरेका हुन् । साेही अवसरमा आजै उनको सफथ कार्यक्रम पनि सम्पन्न भएको छ ।


केहि समय अघि देखि निबर्तमान अर्थमन्त्री बिल मोर्नी क्यानडाको एक सामाजीक संथालाई सरकारी कार्यक्रम दिलाउने कार्यमा संलग्न रहेको भनि बिबादमा तानिनुका साथै प्रधान मन्त्री जस्टिन टुडो संग केहि कुरामा मदभेद रहेको खवर बाहिरिए संगै उनले हिजो सोमबार प्रधानमन्त्रीलाई भेटि मन्त्रि र सांसद दुबै पदबाट राजीनामा दिएका थिए ।

अहिले निबर्तमान मन्त्री मोर्नीका परिवारका सदस्यहरुसँग डब्लुई च्यारिटी नामको संस्थाको सम्बन्धमा अनुसन्धान शुरु भएको छ, र प्रारम्भिक विवरणमा च्यारिटीसँग सम्बन्ध रहेका प्रमाणहरु सार्वजनिक भएका छन् ।

सरकारी अनुदानप्राप्त विद्यार्थी स्वयंसेवी कार्यक्रमका लागि डब्लुई च्यारिटीलाई ६७ करोड अमेरिकी डलरको एउटा कार्यक्रम संचालनको जिम्मेवारी दिइएको थियो ।

मन्त्री मोर्नीले आफूले विभिन्न भ्रमणका क्रममा डब्लुई च्यारिटीबाट यातायात खर्च बुझेको स्वीकार गरेका छन्।