बिश्व अर्थतन्त्र दस बर्षसम्म मन्दीमा रहने !

अर्थ तथा ब्यापार

एमखबर डेस्क, क्यानाडा। २३ मे, २०२०।

बिख्यात अर्थशास्त्री नुरियल रुबिनीले कोरोना भाईरसको कारण अर्थतन्त्रमा अभूतपूर्व आर्थिक मन्दी आउने चेतावनी दिएका छन् । 

उनका अनुसार यस वर्ष विश्व अर्थतन्त्र कोरोना भाइरसको प्रभावबाट उब्रिएपनि त्यसको असर भने विश्व अर्थतन्त्रमा लामो समयसम्म देखिने छ। महामारीको असरले विश्व अर्थतन्त्र १० वर्षसम्म मन्दीमा रहने र गुमेका केही जागिरहरू कहिल्यै नफर्कने उनको ठहर छ।

गुमेका केहि रोजगारीहरू आंशिक रूपमा मात्र फर्किने र फर्किए पनि कम तलब र आंशिक रोजगारीका रूपमा विस्तारै आउने छ । उनले रोजगारी असुरक्षा हुनेछ र औसत मानिसका लागि आम्दानी र ज्याला अझै कम हुने पनि दाबी गरेका छन्।

उनी भन्छ्न्- पसल र व्यवसाय खुले पनि व्यापार पहिलाकै स्तरमा आउनेछैनन् । बिश्वब्यापी रुपमा अधिकांश पसलहरू अझै खाली छन् । आधा उडान बन्द छ । अन्यत्र कहिँ कतै पसल खुले पनि मानिसहरु किनमेल गर्न नजान सक्ने उनले औंल्याएका छन् । 

बीबीसीको टकिङ एशिया कार्यक्रमा ब्यक्त उनको धारणाले यतिखेर बिश्वब्यापी चर्चा पाएको छ।