बेलायतबाट गायिका दिप्ता थापाको “यो जिन्दगी” म्यूजिक भिडियो सार्वजनीक ।

प्रवास मनाेरंजन विविध

शेयर गर्नु होस ।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा वहादुर सुवेदीले एक कार्यक्रमका बिच गायिका दिप्ता थापाको “यो जिन्दगी ” गीतको भिडियो सार्वजनिक गर्दै गीतमा प्रयोग भएका शव्दहरु निकै मार्मिक  रहेको भन्दै गीतका सर्जक तथा लेखक सन्जीत देउजा सहित सम्पूर्ण सर्जकहरु प्रति बधाई सहित धन्यवाद दिदै  विदेशमा रहेर पनि दिप्ताले प्रस्तुत गरेको यस संगित भिडियोले नयाँ पुस्तालाई नयाँ सन्देश दिनुका साथै नेपाली कला र संस्कृतिको संरक्षणमा ठुलो टेवा पुग्न जाने समेत बिश्वास लिएको बताएका छन् । 

दिप्ताका पिता तथा गायक दिपक थापाले बजारमा ल्याएको उक्त गीतमा कोरियोग्राफरको भूमिका दिप्ताकै आमा सुनिता गौतमले गरेकी छन् । नविन निरौलाले कलर गरेको भिडियोको छायाङ्कन, दृष्य संपादन र निर्देशन बेलायतका सञ्चारकर्मी तथा निर्देशक कुशल श्रेष्ठले गरेका छन् । बेलायत लगायत बिश्वभरि रहेका नेपाली कलाप्रेमीहरु, आफन्तजन लगायत बिभिन्न संघसंथाहरुले शुभकामना दिएका छन् ।