बोइलले गरिन आफू पूर्वराजाकी छोरी भएको दाबी, पूर्वराजाले गरे डीएनएको नमूना हस्तान्तरण

विश्व समाचार

शेयर गर्नु होस ।

बेल्जियमका पूर्वराजा अल्बर्ट द्वितीया सन् १९६० को दशकको आफ्नो डीएनए परीक्षण गर्न तयार भएका छन् । आफू उनको छोरी भएको र आफूले उनको सन्तानको हैसियतमा अधिकार पाउनुपर्ने भनेर एक महिलाले दाबी गरेपछि बाध्य भएर पूर्वराजा आफ्नो डीएनए परीक्षणका लागि तयार भएका हुन् ।

यसका लागि उनले आफ्नो र्याल सम्बद्ध अधिकारीहरुलाई उपलब्ध गराएका छन् । उनलाई विगतमा नै अदालतले डीएनए परीक्षणको आदेश दिएकोमा मानेका थिएनन् । यसरी नमानेका कारण उनलाई अदालतले दैनिक ५ हजार युरो जरिवाना तोकेको थियो ।

५१ वर्षीया बेल्जीयन कलाकार डेल्फाइन बोइलले आफू ८४ वर्षीय पूर्वराजाकी छोरी भएको दाबी गरेकी हुन् । एक दशकदेखि सो मुद्दा चलिरहेको भएपनि उनले गएको महिना डीएनए परीक्षण गर्न नमानेकोमा पूर्वराजालाई जरिवाना गर्न अदालत समक्ष माग गरेकी थिइन् । अल्बर्टले सन् १९९३ देखि २०१३ सम्म बेल्जियमका राजा रहेका थिए । गएको फेब्रुअरी महिनामा पूर्वराजालाई त्यहाँको अदालतले डीएनएन स्याम्पल दिन वा दाबी गर्ने महिलाको बाबु स्वीकार गर्न आग्रह गरेको थियो ।

राजाको अवैध सन्तान भएको चर्चा सन् १९९९ मा नै चलेको थियो । त्यतिबेला दरबारमा ठूलै ‘स्क्यान्डल’ मच्चिएको थियो । बोइलले सन् २००५ मा दिएको एक अन्तर्वार्तामा अल्बर्ट आफ्नो पिता भएको पहिलो पटक बताएकी थिइन् ।

उनकी आमा बोरेनस सिबिल्ले डे सिली लङ्गचाम्पले पनि आफ्नो तत्कालीन राजकुमार अल्बर्टसँग सन् १९६६ देखि १९८४ सम्म अफेयर भएको बताएकी थिइन् । उनका जेठा दाजुको मृत्युपछि सन् १९९३ मा अल्बर्ट अचानक राजा हुन पुगेका थिए । उनले सन् २०१३ सम्म गद्धी सम्हालेर त्यसपछि स्वास्थ्यको कारण देखाउँदै गद्धी त्यागेका थिए । त्यसपछि उनका छोरा अहिले बेल्जीयमको राजा भएको बीबीसीले जनाएको छ ।