ब्रामटन नगरपालीकाले गर्यो २०२१ को “सिटिजन अफ द इयर” अवार्ड्स प्रदान । एक नेपाली मूलका सदस्य पनि मनोनित ।

क्यानडा विशेष प्रवास विविध

शेयर गर्नु होस ।

एमखवर सम्वाददाता, ग्रेटर टोरोन्टो ब्रामटन । जुलाई २६, २०२१ । ग्रेटर टोरोन्टो स्थित क्यानाडाको फ्लावर शहरको रुपले चिनिने ब्रामटन नगरपालीकाले आफ्नो नगरपालीका भित्र बसोबास गर्ने स्थानीय समूदाय भित्र सामाजीक, सांकृतिक, खेलकुद लगायत अन्य क्षेत्रमा स्वयंसेवक रुपमा सक्रिय भूमिका निर्वाह गर्ने युवा, बयस्क र जेष्ठ नागरिकहरुलाई  प्रत्यक बर्ष प्रदान गर्ने  “सिटिजन अफ द इयर” अवार्ड यस बर्ष कोभिड १९ को महामारीको बखत उत्कृष्ट योगदानका साथ ब्रामटन बासिहरुलाई सहयोग पुर्याउन भूमिका निर्वाह गरेवापत बिभिन्न ब्यक्तिहरुलाई प्रदान गरेको छ ।

यस बर्ष २०२१ को लागि अल्भिन लोरडेस, अमनप्रित ब्ररार, अमिक सिंह, गिल डुन, जेसिका ब्ररार, मित्र काफ्ले र शेरभन्ति रजाह गरि ७ जना लाई प्रदान गरिएको छ । उक्त अवार्डमा एक जना नेपाली मूलका मित्र काफ्ले पनि परेका छन् ।

ब्रामटन सिटि मेयर प्याट्रिक ब्राउन मार्फत २०२१ सिटिजन अफ द इयर अवार्ड लिदै मित्र काफ्ले ।

ब्रामटन नगरपालीकाका मेयर प्याट्रिक ब्राउनले मनोनितहरुलाई उक्त अवार्ड प्रदान गरेका हुन् । सन् १९७४ देखि ब्रामटन शहरले उक्त अवार्डको आयोजना गर्न थालेको हो ।

लामो समय देखि क्यानडामा रहदै आएका नेपाली मित्र काफ्ले बिभिन्न नेपाली संघ संथा लगायत लायन्स क्लबमा आवद्ध रहेका छन् । एक ताका नेपाली समूदायमा बिबादमा पर्दै पनि आएका उनी आजकल नेपाली समूदायमा भन्दा पनि अन्य समूदायमा र बिशेष गरि  भारतीय समूदायमा बढि सक्रिय रहेका छन् । उनको ब्रामटन मेयर प्याट्रिक ब्राउन संगको ब्यक्तिगत सामिप्यता रहेको छ । मेयर ब्राउन नेपाली समूदायमा पनि सक्रिय र परिचित छन् ।

यस बर्ष सिटिजन अवार्ड पाउने नेपाली मित्र काफ्ले सहित सबैमा एमखवर डटकम हार्दिक बधाई ज्ञापन गर्दछ ।