ब्लड डोनार्स एसोसिएसन क्यानडाले रक्तदान राजधानी अटोवामा गर्ने

NRNA क्यानडा विशेष प्रवास स्वास्थ्य

दिपक गाैतम, क्यानडा । ब्लड डोनार्स एसोसिएसन क्यानडाको स्थापना पश्चात संस्थाले पहिलो समुह रक्तदान राजधानी अटोवामा गर्ने भएको छ । आउदो डिसेम्वर ५ गते शनिवारका दिन व्लड डोनार्स एसोसिएसन क्यानडा र एनआरएन क्यानडाको संयुक्त आयोजनामा अटोवामा रक्तदान गर्न लागिएको हो । अटोवाको १५७५ कार्लिंग एभिन्यु रक्तसंकलन केन्द्रमा २० जनाकालागी समुह रक्तदान गर्न स्थान बुक गरिएको व्लड डोनार्स एसोसिएसन क्यानडाका महासचिव लिला पाण्डेले बताउनुभयो । अटोवामा रक्तसंकलन गर्न सम्पर्कका लागी एनआरएन क्यानडाका सदस्य सन्तोष बराल, एनआरएन क्यानडाका निवर्तमान उपाध्यक्ष रमेश बानिया र समाजसेवि एवं रक्तदाता कृष्णहरी गौतमलाई सम्पर्क गर्न सकिने छ । अटोवापछि मोन्ट्रियल, भ्यान्कुवारको भिक्टोरिया, न्यु व्राउन्सविक, विनिपेग, सास्क्याच्युन, एनमण्टन, क्यालगारी लगायतका क्षेत्रमा क्रमस समुह रक्तदान आयोजना गरिने ब्लड डोनार्स एसोसिएसन क्यानडाका अध्याक्ष शुरेस गौतमले जानकारी दिनुभयो ।