भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन ! प्रधानमन्त्री ओलीद्वारा दुख व्यक्त !

Breaking विविध

एम खबर, क्यानाडा। ३१ अगस्ट २०२०। स्वास्थ्य अवस्था अचानक बिग्रिएर दुई साताअघि देखि दिल्लीस्थित सैनिक अस्पतालमा उपचाररत भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको छ।  

पूर्वराष्ट्रपति मुखर्जीको निधन भएको खबर उनका छोरा अभिजितले आफ्नो ट्वीटरमार्फत जानकारी गराएका थिए। अगष्ट १० गते कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि मुखर्जीलाई अस्पताल भर्ना गरिएको थियो।

स्वर्गीय पूर्व राष्ट्रपति मुखर्जीको निधनप्रति दुःख व्यक्त गर्दै यही अगस्ट ३१ देखि सेप्टम्बर ६ सम्म (सात दिन) राष्ट्रिय शोक मनाउने भारत सरकारले घोषणा गरेको छ । राष्ट्रिय शोकको अवधिमा राष्ट्रिय झण्डा आधा झुकाउने अन्य औपचारिक कार्यक्रमहरू स्थगित गरिने पनि जनाएको छ ।   

प्रधानमन्त्री केपीशर्मा ओलीले भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनप्रति दुख व्यक्त गरेका छन्।