भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा अयोध्यामा राम मन्दिरको भूमी पूजा !

विविध विश्व समाचार

एम खबर, क्यानाडा। ०५ अगस्ट २०२०। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भगवान रामको जन्म भूमि अयोध्यामा आयोजित एक भब्य कार्यक्रमका बीच मन्दिर निर्माणकोलागी भूमी पूजा गरेका छन्।

निकै लामो संघर्ष र पर्खाई पछि जुरेको त्यो बिशेष क्षणलाई भारतका थुप्रै शिर्ष नेताहरूले ऐतिहासिक मानेका छ्न्। केन्द्रीय गृहमन्त्री अमित शाहले भूमि पूजनको आजको दिनलाई ऐतिहासिक र गौरवपूर्ण भन्दै भारतमा नयाँ युगको सुरुवात भएको बताएका छ्न्।

कट्टर मुस्लिम नेता असुवेद्दिन औवेसीले भूमि पूजामा सहभागी भएर प्रधानमन्त्री मोदीले धर्म निरपेक्षताको धज्जी उडाउने काम गरेको भन्दै प्रधानमन्त्री मोदीको तिखो आलोचना गरेका छन्।