भारतको क्वारेन्टाइनमा बसेका एक नेपालीको मृत्यु

नेपाल समाचार स्वास्थ्य

काठमाडौं । भारतको नौतनवास्थित क्वारेन्टाइनमा बसेका एक नेपालीको मृत्यु भएको छ । रोजगारीका लागि भारत गएका स्याङ्जा हरिनास गाउँपालिका २ चिसापानीका ३२ वर्षीय पुरुषको आज मृत्यु भएको भारत नौतनवाका एसडीएम जसधिर सिंहले बताए ।

हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले आफूहरुले पनि क्वारेन्टाइनमा बसेका चिसापानीका एक जनाको मृत्यु भएको जानकारी पाएको बताएका छन् । उनले थप जानकारी लिने प्रयासमा रहेको बताए ।