भारतमा एकैदिन भेटिए अहिलेसम्मकै धेरै संक्रमित

विश्व समाचार स्वास्थ्य

भारतमा पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन्।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार २ सय १३ जना नयाँ संक्रमित भेटिएका छन्, केन्द्रीय मन्त्रालयले यो संख्या अहिलेसम्मकै उच्च रहेको बताएको छ । संक्रमितको संख्या बढेसँगै २४ घण्टामा मृत्यु हुनेहरुको संख्या पनि ९७ जना पुगेको छ।

मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार सोमबार बिहान ८ बजेसम्ममा कोरोना भाइरस संक्रमितको संख्या भारतमा ६७ हजार १ सय ५२ पुगेको छ।

कोरोना संक्रमणबाट भारतमा हालसम्म २ हजार २ सय ६ जनाले ज्यान गुमाएका छन् भने २० हजार ९ सय १६ संक्रमित निको भएका छन्। भारतले जारी राखेको लकडाउन मार्च १७ सम्मका लागि तोकिएको छ ।