भारतले नेपाली भूमिमा सडक खन्दै गरेको विषय आफूलाई जानकारी थियन -प्रधानमन्त्री केपी शर्मा ओली

नेपाल समाचार विश्व समाचार

शेयर गर्नु होस ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपाली भूमिमा सडक खन्दै गरेको विषय आफूलाई जानकारी नभएको बताएका छन् ।

आज बसेको मन्त्रिपरिषद बैठकले उनले आफूलाई यसबारे कुनै पवूृ जानकारी नभएको बताएका हुन् । तर, सरकारका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भने सरकारलाई पहिले नै जानकारी भएको संसदमा बताइसकेका छन् ।

‘सीडीओले रिर्पोटिङ गरेका थिए, के थिए भन्ने पत्रपत्रिकामा पढेँ । तर भारतले सडक खन्दैछ भन्ने मलाई कसैले रिपोर्टिङ गरेनन्’ बैठकमा प्रधानमन्त्रीले भने ।

सीमा समस्या समाधानका लागि सरकारले पटकपटक कुरा उठाउँदै आएको भएपनि भारतको नियत ठीक नभएको उनले बताए । ‘हिजो मात्र भारतका लागि नेपाली राजदूतले (महाराष्ट्रका गभर्नर) भगतसिंह कोसियारीसँग कुरा गर्नु भएको थियो । उहाँले नमिल्ने कुराकानी गर्नु भएछ’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

काली नदी पूर्वको भूभाग नेपालको हो भन्नेमा शंका नभएको उनको भनाई छ ।