भारतसँग” म्यान-टू-म्यान”- बार्ता गर्न पूर्ब राजाको सुझाव

नेपाल समाचार

एम खबर डेस्क, टोरोन्टो। ११ मे, २०२० । पूर्ब राजा ज्ञानेन्द्र शाहले भारतसँगको सीमा बिबादलाई हल्का रुपमा नलिन र समस्या समाधानकोलागी म्यान-टू-म्यान डिप्लोमेसी अबलम्बन गर्न सुझाव दिएका छ्न्।

उनले बर्तमानमा उठेको सीमा बिबाद भारतसँग मात्र सम्बन्धित नभएर चीनसंग पनि सिधा-सिधा जोडिएको र अबिलम्ब त्रिपक्षिय बार्ता गर्नु पर्नेमा जोड दिएका छ्न्।

“वक्तव्य” वा “डिजीटल वार”को सफ्ट डिप्लोमेसी केवल औपचारिकतालागी मात्र हुने हुँदा त्यतातिर लागेर समय खेर नफाल्न पनि सरकारलाई सुझाएका छन्।

पूर्ब राजा ज्ञानेन्द्रले उक्त धारणा ट्विट मार्फत सार्बजनिक गरेका हुन्।