भारतिय अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

Breaking विश्व समाचार

एमखबर डेस्क, क्यानाडा। १४ जून २०२०। बलिउड अभिनेता सुशान्त सिंह राजपूतले मुम्बईको बान्द्रास्थित आफ्नै घरमा पासो लगाएर आत्महत्या गरेका छन्।

बीबीसीका अननुसार बान्द्रा प्रहरी स्टेशनमा सुशान्तको घरमा काम गर्ने व्यक्तिले घटनाको जानकारी दिएका थिए ।

टेलिभिजनबाट आफ्नो करिअर सुरु गरेका सुशान्त अहिले बलिउडका चर्चित नायक थिए । उनले एमएस धोनीः द अनटोल्ड स्टोरीबाट चर्चा पाएका थिए ।

राजपुतले सन् २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए। कम उमेरमै बलिउडमा स्थापित ३४ वर्षीय सुशान्तले ‘पिके’, ‘केदारनाथ’, ‘एमएस धोनी’, ‘छिचोरे’ लगायत फिल्ममा सक्रिय भमिकामा थिए । जी टिभीको चर्चित सिरियल ‘पवित्र रिस्ता’ मा सुशान्त आफ्नी पूर्वप्रेमिका अंकिता लोखन्डेसँग प्रमुख भूमिकामा थिए ।

पछिल्लो पटक उनले इन्स्टाग्राममा आमाको तस्बिर राखेका उनले किन आत्महत्या गरे त्यसको कारण खुलेको छैन । राजपुतको शवको पोष्टमार्टम रिर्पोट भने आउन बाँकी छ ।

३४ वर्षीय राजपुतले पछिल्लो समय सारा अली खानसँग ‘केदारनाथ’ र श्रद्धा कपुरसँग ‘छिछोरे’ फिल्ममा अभिनय गरेका थिए।

राजपुत लकडाउनको समयमा बान्द्रास्थित अपार्टमेन्टमा एक्लै बस्थे। उनी डिप्रेसनमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।