भारतीय सिने स्टार अमिताभ र अभिषेक बच्चनमा कोरोना सङ्क्रमण पुष्टिः

विश्व समाचार स्वास्थ्य

एमखवर न्यूज डेस्क, क्यानडा । भारतीय सिने जगतका हस्ती अमिताभ बच्चनमा कोरोना सङ्क्रमण पाइएको छ । बीबीसीका अनुसार अमिताभ बच्चनले ट्वीटमार्फत सो कुराको खुलासा गरेका हुन् ।
ट्वीटमा उनले आफूमा कोरोना सङ्क्रमण पोजिटिभ पाइएको र अस्पतालमा भर्ना भएको तथा परिवारका सदस्यमा पनि परीक्षण भै रिजल्ट आउन बाँकी रहेको उल्लेख गरेका थिए ।
तर उनका छोरा अभिषेक बच्चनले पनि केही बेरमा ट्वीट गरी आफू पनि सङ्क्रमित भएको जानकारी दिएका छन् ।
उनीहरू दुवै जनालाई मुम्बइको नानावती अस्पताल लगिएको छ र अभिषेकले अभिताभ र उनमा सामान्य खालको लक्षण देखिएको जनाएका छन् । अमिताभले उनीसंग दश दिनअघिसम्म निकट रहेका सबैलाई कोरोना परीक्षण गर्न आग्रह गरेका छन् ।