भारत-पाकिस्तान द्वन्द्व: भारतीय आक्रमण हुन सक्ने पाकिस्तानी दाबी,

विश्व समाचार

पाकिस्तानले आफूमाथि भारतले यो महिनाभित्र सैन्य आक्रमण गर्ने योजना बनाइरहेको ‘विश्वसनीय सूचना’ पाएको दाबी गरेको छ।

उक्त भनाइलाई भारतले भने पाकिस्तानको ‘युद्ध उन्माद’ भनेर प्रतिक्रिया दिएको छ।

पाकिस्तानका विदेशमन्त्री महमुद कुरेशीले आफूहरूसँग भारतीय योजनाबारे गुप्त सूचना भएको आइतवार बताएका थिए।

गत फेब्रुअरीमा भारत-प्रशासित कश्मीरको पुलवामामा ४० जनाभन्दा बढी अर्धसैनिकहरूको ज्यान जानेगरी एउटा आत्मघाती आक्रमण भएपछि दुई देशबीच तनाव बढेको थियो भनेर बिबिसि नेपालीले जनाएकाे छ ।