भारत हुँदै तेस्रो मुलुक जाने नेपालीका लागि अब ‘एनओसी’ चाहिने

नेपाल समाचार विश्व समाचार

शेयर गर्नु होस ।

काठमाडौं : भारत हुँदै तस्रो मुलुकको यात्रा गर्ने नेपाली नागरिकले अब ‘नो अब्जेक्शन सर्टिफिकेट एनओसी’ लिनु पर्ने भएको छ। भारतीय अध्यागमन पार गर्दा नेपाली राजदूतावासको सिफारिसपत्र एनओसी आवश्यक पर्न सक्ने भन्दै दिल्लीस्थित दूतावासले सूचाना जारी गर्दै यस्तो जानकारी गराएको हो।

दूतावासले एनओसी लिनका लागि भारत हुँदै तस्रो मुलुक जान पर्नुको कारण, सम्बन्धित व्यक्तिको हस्ताक्षरसहितको निवेदन, यात्रा गर्ने व्यक्तिको राहदानी र सोको प्रतिलिपि आवश्यक पर्ने जनाएको छ।

यस्तै, गन्तव्य देशको भिसा र हवाई टिकटको प्रतिलिपि, रोजगारीमा जानेको हकमा श्रमस्वीकृतिको प्रतिलिपि, यसअघि यात्रा गरेको भए त्यसको अभिलेख, अध्ययन, व्यवसायमा जाने भए व्यवसायसँग सम्बन्धित परिचयपत्र वा कागजात उपलब्ध गराउनु पर्ने छ। स्वयं उपस्थित भइ वा इमेलबाट प्राप्त निवेदनका आधारमा औचित्यअनुसार दूतावासले एनओसी जारी गर्ने दूतावासद्वारा जारी सूचनामा उल्लेख छ।