‘भिजिट नेपाल २०२०’ गीत सार्वजनिक

नेपाल समाचार

‘भिजिट नेपाल २०२०’ को गीत सार्वजनिक भएको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल सरकारले घोषणा गरेको ‘भिजिट नेपाल २०२०’ लाई टेवा पु¥याउने हेतुले तयार पारिएको गीत सार्वजनिक भएको हो ।

गीतमा समग्र नेपालको पर्यटन र पर्यटकीय क्षेत्रको समष्टिगत रूपमा चर्चा गरिएको छ । नेपाली खाना परिकार गुन्द्रुक, सेलरोटी साथै मौलिक खानाका साथै नेपालका विभिन्न पर्यटकीय क्षेत्रको बारेमा गीतमा व्याख्या गर्नुका साथै त्यहीअनुरूपको भिडियो तयार पारिएको छ ।

गीतसँगै सार्वजनिक भएको भिडियोले स्वदेशी तथा विदेशी पर्यटकलाई नेपालबारे बुझन र चिनाउन सहज हुने गीतकार उरारा शलिन कार्कीले विश्वास गरेका छन् । गीतको सम्पूर्ण आम्दानी केआर बालगृहलाई प्रदान गरिनेसमेत उनले बताए ।

गीतमा हरि लम्सालले संगीत भरेका छन् भने आनन्द कार्कीको आवाज सुन्न सकिनेछ । राज लामिछानेले अनुवाद रहेको गीतमा उदय विक्रम थापा, उरारा शलिन कार्की, मिस्टर नोरिओ मएड, पूर्णिमा लामा, हरि शाही, सुधा कार्की, प्रतिमा थापालगायत कलाकारको अभिनय देख्न सकिन्छ ।

भिडियोमा क्यामेरा प्रेम लामा, ड्रोन राज पोखरेल, सम्पादन र निर्देशन टेकेन्द्र शाहको छ ।