भूमि र कृषिको समस्या समाधान हुन नदिने एकमात्र नेता माधव नेपाल – ओली

नेपाल समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि र भूमि क्षेत्रको समस्याहरुको समाधान रोक्ने एक मात्र व्यक्ति माधव कुमार नेपाल भएको बताएका छन् । भूमिसम्बन्धी आयोगलाई पूर्ण हुनै नदिएर सबै काममा नेपालले भाँजो हालेको उनले बताए ।

नेता नेपालले भूमिको काम गर्नका लागि लागेको समयमा तत्कालीन भूमि व्यवस्थामन्त्री पद्मा अर्याललाई भेटेर काम रोक्न निर्देशन दिएको भन्दै देवी ज्ञवालीलाई पनि नेपालले काम गर्न रोकेको आरोप लगाए ।

आयोगलाई पूर्णता दिएर काम गर्न लागेको समयमा नेपालले आफ्ना मान्छेका लागि बार्गेनिङ गर्ने तथा अवरोध गर्ने गरेको ओलीको आरोप छ । आफ्ना अभिष्टहरु पूरा नभएपछि पार्टी छाडेर हिँडेको उनले बताए ।

अहिले आफूहरु बन्दको आयोजना गरेर ल्याण्डक्रुजर र स्कुटरमा हिँडेर जनताले कति दुःख पाए त भनेर हेर्दै गरेको पनि उनले आरोप लगाए । ठूला यात्रुवाहक बन्द गराएर लाज पचाएर सडकमा स्कुटरमा हिँडेको भन्दै ओलीले नेपालमाथि व्यङ्ग्य गरे ।