भ्रष्टाचारको आरोपमा इजराइली प्रधानमन्त्री अदालतमा पेश हुँदै।

विश्व समाचार

एमखबर न्यूज डेस्क, क्यानाडा। २४ मे २०२०। लामो राजनीतिक गतिरोध पछि हालसालै मात्र इजरायलको प्रधानमन्त्रीको पद सम्हालेका बेंन्जामिन नेतान्याहुको विरुद्धमा अदालतमा दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ आईतवारदेखि सुरु भएको छ।

उनी माथि धोखाधडी, बिश्वास भंग गरेको, र घुस लिएको तीन अलगअलग आरोप लगाईएको छ।

नेतान्याहुले भने आफुमाथीको आरोप झुठो र निराधार रहेको बताउँदै आएका छन्। उनले आफू पक्षपाती वकिल, बिरोधि मिडिया र जरुरत भन्दा ज्यादा नै सक्रिय प्रहरी ती सबैको मिलिभगतमा “राजनीतिक कू” को सिकार भएको बताउँदै आएका छ्न्।

आईतवार हुने सुनुवाइमा उनी स्वयं अदालतमा उपस्थित हुने भनिएको छ। उक्त सुनुवाइका क्रममा उनी अदालतमा उपस्थित होलान् कि नहोलान् सबैले कौतुहलतापूर्वक हेरिरहेका छन्।