मधेसी दल च्याँखे दाऊमा: गुहार माग्न देउवा निवासमा

नेपाल समाचार राजनीति

एमखबर डेस्क, क्यानाडा। २३ मे, २०२०।

नक्सा अद्यावधिकसँगै संविधानको अनुसूची संशोधन प्रस्ताव सरकारले संसदमा दर्ता गरेको अवस्थामा मधेशका जनताका मागहरू पनि समेट्नुपर्ने प्रस्ताव लिएर मधेसी दलका नेताहरु नेपाली कांग्रेसका सभापति देउवालाई भेट्न गएका छन्।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल राजपाका नेताहरूले देउवालाई भेटेर उनीहरुको मागलाई पनि प्याकेजमा नै सहमती गरेर संबिधान संशोधन गरर्नु पर्ने आफ्नो मागमा समर्थन गर्न गुहार लगाएका छ्न्।

संबिधान संशोधन गर्न दुई तिहाई सांसदहरूको समर्थन चाहिने हुनाले कांग्रेस वा मधेसी दलको समर्थन बिना सरकारको पक्षमा दुई तिहाई नपुग्ने हुनाले सरकारलाई दबाब दिन मधेसी दलहरुले कांग्रेस सभापति देउवालाई हारगुहार गरेका हुन्।