मन्त्रिपरिषद बैठकमा भानुभक्तको जस्तो टोपीमा प्रधानमन्त्री ओली

नेपाल समाचार

काठमाडौं, २९ असार । मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली आदिकवि भानुभक्त आचार्यले लगाउने गरेको जस्तो टोपीमा छन् ।

बैठकमा प्रधानमन्त्रीले लगाएको कालो टोपीले उनी भानुभक्त जस्तै देखिएको छ । तस्बिर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सार्वजनिक गरेका छन् ।