मन्त्री ढकाल पनि होम आइसोलेसनमा

स्वास्थ्य

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल पनि होम आइसोलेसनमा बसेका छन्।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को कार्यालय छाउनीमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि भएपछि स्वास्थ्य मन्त्री होम आइसोलेसनमा बसेको स्रोतले जानकारी दिएको छ।

कार्यालयमा चिया पुर्‍याउने कर्मचारीमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो। ती कर्मचारीमा कोरोना पुष्टि भएपछि उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल पनि होम आइसोलेसनमा बसेका छन्।

मन्त्रीहरूको पिसीआर परीक्षण गर्ने तयारी भइरहेको छ।