मलेसियाद्वारा नेपालीलाई घर फर्कन उर्दी जारी ।

Breaking नेपाल समाचार

मदन बस्नेत, टाेराेन्टाे । ०७ मे, २०२० ।

मलेसियाले भिसाको म्याद र करार अवधि समाप्त भएर बसेका नेपाली कामदारलाई १४ दिन भित्र मुलुक छाड्न निर्देशन दिएको छ। 

जनवरी १ तारिखयता आवासीय भिसा समाप्त भएका सबै बिदेशी कामदारहरूलाई त्यहाँको अध्यागमन बिभागले आवागमन नियन्त्रण आदेश (एमओसी) जारी गरेको समयावधि आगामी मे १२ मा सकिँदैछ।

त्यसरी भिसाको म्याद र करार अवधि समाप्त भएर स्वदेश फिर्कन चाहने झण्डै ७ हजार नेपाली कामदारहरु त्यो समयसीमा भित्र घर फिर्ता हुन नसके मलेसियामा नै जेल जानु पर्ने खतरा उत्पन्न भएको छ।

मलेसियाले भिसासम्बन्धी लिइएको नयाँ नीति अनुसार  त्यस्ता कामदारलाई सिधै टिकट काटेर आफ्नो देश जान अनुमति त दिइएको छ तर लकडाउनका कारण सबै अन्तर्राष्ट्रिय उडान बन्द भएको र नेपालले बिदेशबाट नेपाल आउन स्वयं नेपालीलाई समेत पुर्णतः प्रतिबन्ध लगाएको स्थितिमा मलेसियामा अलपत्र त्यस्ता नेपालीहरु मे १२ पछी मलेसियाली कानुन अनुसार कारबाहीमा पर्ने भएका छन्।

मलेसिया स्थित नेपाली दूतावासले यसबारे परराष्ट्र मन्त्रालयलाई जानकारी दिईसकेको जनाएको छ।