महाकाली सन्धि राष्ट्रघाती थियाे : वामदेव गाैतम

अन्तरवार्ता

काठमाडौं, १४ जेठ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय उपाध्यक्ष वामदेव गौतमले महाकाली सन्धि राष्ट्रघाति रहेको बताएका छन्। नेता गौतमले सञ्चारकर्मीसँग कुरा गर्दै महाकाली सन्धि राष्ट्रघाति रहेको बताएका हुन्।

नेता गौतमले भने, सन् १८१६ मा सुगौलि सन्धि गर्दा भारत सरकार नरहेको र सो सन्धि गर्दा इष्टइण्डिया कम्पनी थियो। इष्टइण्डिया कम्पनीले भारत छोडेर गइसकेपछि एकपक्षीय रुपमा सो सन्धि कार्यान्वयन हुन नसक्ने हुँदा सुगौलि सन्धि हुनुभन्दा अगाडिकै नेपाली भू-भाग झण्डै चारलाख वर्ग किलो मिटर भन्दा बढि नेपाली भू-भाग कायम रहनु पर्ने कुरा वुद्धिजिविहरुले आवाज उठाउनु पर्छ।’

उनले भारतले जर्वजस्र्ती गरेर समस्याको समाधान नहुने भन्दै आफूहरुले पनि तत्कालीन समयमा जनतालाई व्यापक जागरण र चेतना फैलाउने काम गरेको बताए। सीमा समस्याको कुरा उठान हुँदा ठूलै घटना घट्नु पर्दछ महाकाली सन्धि गर्दा त्यसबेला नै हामी नेपाली धेरैनै ठगिएका रहेछौं त्यसबेला पनि हामीले निकै आवाज उठाएका थियौं। उनले भनेर्, यतिबेला भारतले आफनो राजनैतीक नक्शामा नेपालका केही भू-भागसहित सार्वजनिक गरेपछि सीमा र राष्ट्रियताको कुरा फेरि उठान भएको छ। कालापानी लगायत नेपाली भूमिमा बसेका भारतीय सेनाहरु फिर्ता हुनु पर्छ।
सार्वभौमिकता कसैले लैजाने र फिर्ता गर्ने विषय होइन नेपाली भूमिमा बसेका भारतीय सेना फिर्ता हुनु पर्छ।’

यहाँ क्लिक गरि भिडीयो हेर्नुस