महान्याधिवक्ता खरेलद्वारा ‘पदबाट राजीनामा’

नेपाल समाचार

 महान्याधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिन लागेको उनी निकटस्थ स्रोतहरुले बताएका छन् ।

उनले दिउँसो १ बजे आफ्नो कार्यालयमा पत्रकार सम्मेलन गर्न लागेका छन् ।

महान्याधिवक्ता सरकारको प्रमुख कानुनी सल्लाहकार हो । मन्त्रिपरिषदको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ फागुनमा महान्याधिवक्ता नियुक्त गरेकी थिइन् ।

महान्याधिवक्ता खरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध परेको मुद्दामा उक्त कदमको प्रतिरक्षा गरेका थिए ।