महामारीका कारण प्रभावित ग्वेल्फ फुड बैंकलाइ नेपाली संथा हेल्पिगं ह्यान्डको सहयोग। मेयर मार्फत ५०० डलर सहयोग हस्तान्तरण। ग्वेल्फ मेयर क्याम गुथ्रीले हेल्पिगं ह्यांडको प्रसंसा ।

क्यानडा विशेष नेपाल समाचार

राजु थापा, एमखवर क्यानडा । जनवरी ०९, २०२१ । क्यानडामा स्थापित नेपाली सामाजीक संथा सिमाबिहीन सहयॊगी हातहरू (हेल्पिगं ह्यान्ड) क्यानडाले ग्वेल्फ शहरका मेयर क्याम गुथ्री मार्फत फुड बैंक क्यानडालाई ५०० डलरको सहयोग हस्तान्तरण गरेको छ ।

मेयर गुथ्री संथाका अध्यक्ष अंजनी राज भट्टराइ द्वारा प्रदान गरेकाे चेक लिंदै ।

कार्यक्रममा बोल्दै मेयर गुथ्रीले कोभिड महामारीका कारण ग्वेल्फ फूड बैंक जस्ता नाफा नकमाउने संथाले नियमित कोष जुटाउने कार्यक्रमहरु आयोजना गर्न सक्षम नभएको अबस्थामा नेपाली सामाजीक संथा हेल्पिगं ह्यान्डको सहयोगले ठुला योगदान र महत्व राख्ने बताएका छन् । साथै भबिष्यमा समेत यस्ता साथ र सहयोगमा निरन्तरताका लागि प्रोत्साहन सहित अपिल समेत गरेका छन् ।

मन्तब्य राख्दै ग्वेल्फ सिटि मेयर क्याम गुथ्री

कॊभिड–१९ ले जॊखिममा रहेका धेरै मानिसहरूलाई खाध्य संकटतर्फ धकेलिरहेकॊ छ र उनीहरूले आफु र आफ्ना परिवारकॊ भॊक मेटाउन संघर्ष गरिरहेकॊ अवस्थामा स्थानीय फुड ब्याङकहरू मानिसहरूले पहिलेकॊ तुलनामा धेरै नै प्रयॊग गरिरहेका छन् भने आर्थिक स्रॊतकॊ कमीले गर्दा फुड ब्याङकहरूलाई बढ्दॊ मागलाई पुरा गर्न हम्मेहम्मे परिरहेकॊ छ । यही कुरालाई मध्येनजर गर्दै क्यानाडामा केन्द्रीय रूपमा दर्ता भएकॊ एक गैर नाफामूलक सामाजिक संस्था सिमाबिहीन सहयॊगी हातहरूले आफ्नॊ पदाधिकारीहरू र सल्लाहकार समितिबाट क्यानेडियन डलर ५०० संकलन गरी ग्वेल्फ फुड ब्याङकलाई सहयॊग प्रदान गरेकॊ संथाले जारी गरेकॊ प्रेश बक्तब्यमा जनाइएकॊ छ ।

कार्यक्रममा सहभागि फूड बैंक र हेल्पिगं ह्ययान्डका अन्य पदाधिकारीहरू

सॊही कार्रयक्रममा बॊल्दै सिमाबिहीन सहयॊगी हातहरूका अध्यक्ष अन्जनी राज भट्टराईले आफ्नॊ संस्था समुदायलाई निरन्तर रूपमा सहयॊग प्रदान गर्नका लागि कटिबध्द रहेकॊ जानकारी गराएका छन् । संस्थाका कॊषाध्यक्ष राजन छतकुलीले सिमाबिहीन सहयॊगी हातहरू सानॊ संस्था भएतापनि यसकॊ मुटु ठूलॊ भएकॊ र संस्थाका पदाधिकारीहरू र सल्लाहकार समिति सदस्यहरूले आफुहरूबाट सहयॊग रकम संकलन गरी ग्वेल्फ फुड ब्याङकले कॊभिड–१९ संकटमा जॊखिममा रहेका व्यक्तिहरूलाई सहयॊग गर्नका लागि गरिरहेकॊ महान प्रयासहरूमा सहयॊग र एक्यवध्दता स्वरूप आफुहरूले सॊ रकम हस्तान्तरण गरेकॊ बताएका छन् ।

पब्लिक हेल्थ क्यानडाले निर्धारित गरेकॊ कॊभिड–१९ का मार्गनिर्देशनहरूलाई पालना गर्दै सञ्चालित गरिएकॊ सॊ कार्यक्रममा संस्थाका महासचिव अन्य पदाधिकारीहरू रविन्द्र आचार्य, निरूपमा शर्मा लगायत ग्वेल्फ फुड ब्याङकका पदाधिकारीहरूकॊ सहभागिता रहेकॊ थियॊ ।