कबिताः
१ जन्मजात बाबाले उपहार दिएको नाम
वरमालासंग साटिएको तिम्रो पहिचान
त्यो भन्दा पनि पृथक छ तिम्रो क्षमता
त्येही क्षमताले पहिचान बनाउन लर्मरायका
पाइलाहरुलाई टेवा दिनु हो तिम्रो काम
२ दुइ धुरिमुनिको बास र आर्यघाटसम्मको सास
मात्र पनि होइन तिम्रो अस्तित्त्यो
ममताको उदाहरणमात्र नभई
मानव गौरभ होउ तिमि खास
३ पहिले आफैले आफैलाई जानेर हेर
आँखा बन्द गरि मनको कुरा मानेर हेर
चार भित्ता भित्र बुनिएका सपनाहरु क्षितिजसम्म तानेर हेर
मेरो जीवनको देवता म आफै हु भन्ने जानेर हेर
४ इतिहासले सतिप्रथामा जल्दै चिच्याउनेहरुको ज्यान लियो
कठिन थिय। अन्धकारमा बाल्न दियो
त्यो प्रथ अन्त हुनुमा नारी पनि जीवत मानव हो भनिमान्नेको अग्रसरता थियो
संघर्ससंग जुध्नई समाजले परिमाजित सोचको अमृत पियो
५ आज पनि बराबरी काँह छर
संस्कार सस्कृति बचाउनेको नाउमा
घरेलु हिम्साको समाचार बनिरहेको छ गाउगाउमा
शुशिल कन्याको नजर आकाशमा होइन हुनुपर्छरे पाउमा
नजानिदा नजनिदै छोरीहरु बेचिदैछन दाइजोको भाउमा
६ संघर्स कहाँ सकिएको छर त्येसको रूपमात्र फरक हो
नया जीवनसैली नया संघर्ससंगै आघि तिमि बढ्नुपर्छ
शिक्षाको धारिलो हतियारलिइ तिमि लड्नुपर्छ
तिमि जस्तै तिमीहरुसँग हातेमालो गर्दै महिलाको सबतिर पहुच बढ्नु पर्छ
हामीनै दाता हामीनै हो जीवनरछेक भनि इतिहास रच्न्न सके मात्र
नया पुस्ताले तेही पढ्नु पर्छ