मानकाजी ‘ज्येना‘ का केही मुक्तकहरु

कला साहित्य

१) एउटा ”चा“डै निको हुने“ कार्ड किने“
नेपालमा पुगेपछि,
एउटा चा“डै निको हुने कार्ड किने“,
खै कसलाई दिऊ“, कसलाई दिऊ“ भए“ ।
जसलाई भेट्छु, उही बिरामीजस्तो लाग्छ,
जसलाई देख्छु, उसको निरोगिता भागेजस्तो लाग्छ ।।
यसरी दोमन हुनु पनि फाइदै हु“दो रहेछ,
किनकि, सो कार्ड मस“गै रहिरहेको हुन्छ ।
अनि, म स्वयम् बिरामी परेको भान हुन्छ,
त्यसैले पो सोद्धारहेछन्, हैन, तपाई सञ्चो त हुनुहुन्छ ?।।

२) खोरिया बेचेर, कोरिया जा“दा
खोरिया बेचेर कोरिया जाँदा
त्यहा गएर सास्ती खँदाखादा
विपनामै सपना, सपनामै विपना देख्न थालें
अनि………अनि……..
मनै गह्रुङ्गो भयो, टाउको चाहिँ भाउन्न
जताततै खोजेँ, गाँठे, तिमीलाई चाहिँ पाउन्न ।।

३) कति सजिलो, कति गाह्रो
कोठाको भित्तामा सगरमाथा टँस्छु
भावविह्वल हुँदै गम्छु, म कहिले त्यहाँ पुग्छु ?
कति पुगिसके, मेरो पालोचाहिँ कहिले ?
कहिले, कहिले त जाऊँजाऊँ लाग्छ अहिले ।
हेर्दाहेर्दै मेरो कोठाका झिँगा, साङ्लाहरू
एकपछि अर्को गर्दै
हेलिकप्टरजस्तै सगरमाथाको टाकुरामा
बस्छन्, उड्छन्, उड्छन्, बस्छन्,
म छक्क पर्छ‘, अक्क न वक्क हुन्छु
कसैलाई कति सजिलो, कसैलाई कति गाह्रो !
जब तिमीलाई देख्छु
के रात, के दिन, लाग्छ एक छिन्
जब तिमीलाई देख्दिन
त्यही रात, त्यही दिन, लाग्छ वर्ष दिन ।

४) दमकल
मैले विपनामै सपना देखे
तिमी कस्ती च्वाँक थियौ
तिम्रो त्यो कामुक नखराले ममा आगो लगायौ
आगो निभाइदेउली भनेको त ‘दमकल’ पो बोलायौ ।

५) विवाहपूर्व–विवाहपश्चात्
विवाहपूर्व
म तिम्रो देखावटी रूपरङ्ग देखेर दङ्ग परे
त्यसबेला मैले अरू केही देख्दै देखिन

विवाह पश्चात्
तिम्रो असली रूपरङ्ग सबै देखें
बेहाेसै भएं, हेरेको हेरै भएं ।