मानव तस्करले नेपाली चेलीलाई केन्या पुर्‍याएर यौनधन्दामा लगाउने गरेको खतरनाक खुलासा

नेपाल समाचार

मानव तस्करले नेपाली चेलीलाई केन्या पुर्‍याएर यौनधन्दामा लगाउने गरेको खुलेको छ । केन्याको डेली नेसन पत्रिकाले नेपाली चेली राजधानी मोम्बासा र अन्य सहरमा बेचिने गरेको खुलासा गरेको हो ।

कलाकारको रुपमा केन्या पुर्‍याएर विभिन्न कोठीमा पुर्‍याइएको पत्रिकाले उल्लेख गरेको छ । अप्रिलमा स्थानीय प्रहरीले ‘न्यु रङ्गिला डान्स बार’ मा छापा मार्दा १२ नेपाली महिला पक्राउ परेका थिए ।