मुख्यमन्त्री राईलाई घोडा चढ्न रहर लागेपछि…

स्वास्थ्य

मुख्यमन्त्रीलाई घोडा चढ्न रहर लागेपछि,प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले इलामको सूर्योदय नगरपालिका स्थित कन्याममा पुगेर पर्यटकको मनोरञ्जनका लागि राखिएका घोडा चढेर प्रवद्र्धन गर्नुभएको छ । कन्याम पुग्ने अधिकांश पर्यटकहरुले यसै गरी घोडा चढेर रमणीय चियाबारी घुम्ने गरेका छन् ।

मुख्यमन्त्री राईले सेतो रंगको घोडा चढ्नु भएको छ भने राज्यमन्त्री मगरले सेतो–खैरो पाटे घोडा चढेर कन्याम स्थित चिया बगान सयर गर्नुभएको छ ।
मुख्यमन्त्री राई, भूमिव्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर राना, सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई लगायतले घोडा चढेर सामुहिक तस्बिरसमेत खिच्नुभएको छ ।