मेम नेपाल का प्रणेश गौतम जेल चलान

नेपाल समाचार मनाेरंजन

मेम नेपाल का प्रणेश गौतम जेल चलान भएका छन् । ‘मेम नेपाल’ को अफिसियल युट्युव च्यानलमार्फत ‘बिर बिक्रम २’ फिल्मको बिषयमा अश्लिल शब्द प्रयोग गर्दै नकारात्मक समिक्षा गरेको भन्दै निर्देशक मिलन चाम्सले ‘मेम नेपाल’ बिरुद्ध महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएका थिए ।

गौतम उक्त कार्यक्रमका निर्माता हुन् । युट्युव च्यानलका निर्देशक आदर्श मित्र भने धरौटीमा रिहा भएका छन् । जेष्ठ २४ गते जिल्ला अदालत काठमाडौंले उनलाई दोषी ठहर गरेको हो । ‘मेम नेपाल’ सामाजिक संजाल प्रयोगकर्ता नेपाली युवा माझ लोकप्रिय फेसबुक पेज हो ।