मेयरको ध’म्कि म तेरो बुढिको पोइ तेरो बुढिलाई भोलि अ-पहर’ण गर्दैछु-इटहरीका मेयर द्वारिकलाल चौधरी

नेपाल समाचार राजनीति

१:४२ मिनटको अडियो तल छ सुन्नुहोस

विभिन्न प्रकरणमा देशभर चर्चामा आइरहने इटहरीका मेयर द्वारिकलाल चौधरी इटहरीको मेयर निर्वाचित भएको केही समय पछि देखि विभिन्न विवादमा मुछिदै देशभर चर्चामा रहदै आएका छन । पछिल्लो समय इटहरी १७ मा लकडाउनको बेला महिला मात्र बस्ने घरमा गएर मादकपदार्थसेवनगरेको भन्दै स्थानीयबासीले समेत आपत्ती जनाएको घटना बाहिर आएको थियो ।

उक्त घटना सामाजिक संजाल तथा केही सञ्चार माध्यममा भाइरल भएपश्चात त्यसको भोलीपटक घटनाको विवरण सार्वजनिक भएको थियो । सोही घटनाको इतिबृतान्त सार्वजनिक गर्दै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्ने इटहरी-५ बस्ने स्थानीय तारा पोखरेललाई मेयर चौधरीले फोन गर्दैधम्कीदिएको अडियो सार्वजनिक भएको छ ।

मेयर चौधरीले पोखरेललाई फोन गर्दा को बोलेको ? भनेर सोध्दा जवाफमा मेयर चौधरीले पटक पटक तेरो बुढिको पोइ भनेको सुन्न सकिन्छ । के बोलेको खोइ बोलेको भन्ने सवालमा मेयर चौधरीले धम्कीदिदै पोखरेललाई तेरो बुढिलाई भोलि अपहरणगर्दैछ त भनेको अडियोमा सुन्न सकिन्छ । जवाफमा पोखरेलले खोइ बोलेको ? अँ भन्नू न त ठिकै हो त भनेको सुन्न सकिन्छ ।

पोखरेलले कसले अपहरणगर्ने द्वारिकलालले हो भन्ने प्रतिप्रश्न गरे पश्चात् अडियो संवाद सकिएको छ । स्थानिय तारा पोखरेलले आफुलाइ राती ८:५५ मा फोन गरि घिनलाग्दोभाषा प्रयोग गर्दै तेरो बुढिलाईअपहरण गरि धम्किदिएको सार्वजनिक गरेका छन ।