मे ६ मा अष्ट्रेलियाको सिड्नी जाँदै नेपाल एयरलायन्स

NRNA नेपाल समाचार

काठमाडौं, १६ बैशाख । नेपालमा रहेका अष्ट्रेलियाली नागरिकहरु फर्काउनका लागि अष्ट्रेलियाको सिड्नीमा नेपाल एयरलायन्सले चार्टर्ड उडान गर्ने भएको छ ।

दूतावासका अनुसार अष्ट्रेलियाको सिड्नीका लागि आगामी मे ६ तारिखका दिन उडान गर्ने तयारी गरिएको छ ।

नेपालमा रहेको आफ्नो नागरिकहरुलाई फर्काउनका लागि दूतावासले यस उडानको पहल गरेको हो । अष्ट्रेलिया फर्कन चाहने नागरिकहरुले टिकटका लागि नेपाल एयरलायन्समै सम्पर्क गर्न दूतावासले हाव्हान गरेको छ ।

यस अगाडि नेपाल एयरलाइन्सले अष्ट्रेलियाको पहिलो उडान एक अप्रिलमा गरेको थियो, भने दोस्रो उडान ६ मेमा गर्ने भएको छ ।